स्वास्थ्य मन्त्रालयले भन्यो - पैसा तिरेर खोप किन्ने हतारमा ठगीको सिकार नबनौँ | Khabarhub Khabarhub

स्वास्थ्य मन्त्रालयले भन्यो – पैसा तिरेर खोप किन्ने हतारमा ठगीको सिकार नबनौँ


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कसैले शुल्क मागेर कोरोना विरुद्धको खोप उपलब्ध गराउने कुरा गरेमा वा यस्ता ठगी गर्ने घटनाबारे जानकारी भएमा उजुरी गर्न आग्रह गरेको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै सरकारले कोरोनाविरुद्धको खोप निशुल्क वितरण गरिरहेको जानकारी दिएको हो । उमेर समूह तथा अत्यावश्यक क्षेत्र अनुसार पालै–पालो खोप वितरण भइरहेको हुँदा यस्ता ठगीबारे जानकारी भएमा तुरुन्त खबर गर्न तथा उजुरी गर्न अनुरोध गरेको हो ।

मन्त्रालयले सूचनामा भनेको छ, ‘आफ्नो पालो कुरी कोभिड-१९ विरुद्धको खोप निशुल्क लगाऔँ, पैसा तिरेर किन्ने हतारमा ठगीको सिकार नबनौँ ।’

मन्त्रालयले कसैले खोप उपलब्ध गराउने वा ठगी गर्नेहरुको जानकारी भएमा स्थानीय प्रशासनलाई समेत जानकारी गराउन आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको हुँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ५ : ३२ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न