दोस्रो टी-ट्वान्टीमा दक्षिण अफ्रिका विजयी | Khabarhub Khabarhub

दोस्रो टी-ट्वान्टीमा दक्षिण अफ्रिका विजयी


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वेस्ट इन्डिजविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा पाहुना टोली दक्षिण अफ्रिकाले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई १६ रनले पराजित गर्दै सिरिज एक-एकको बराबरीमा पनि ल्याएको छ ।

दक्षिण अफ्रिकाले दिएको १ सय ६७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेट्चरले ३५ रन जोड्दा फाबियन एलनले ३४ रन बनाए  । इभिन लेविसले २१ तथा जासन होल्डरले २० रन बनाए ।

दक्षिण अफ्रिकाका कागिसो राबडाले ३ तथा जर्ज लिन्डेले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि कप्तान टिम्बा बाभुमाले सर्वाधिक ४६ रन बनाए । यस्तै रिजा हेन्ड्रिक्सले ४२ रन जोड्दा क्विन्टन डी ककले २६ रन बनाए ।

पाँच खेलको सिरिजमा पहिलो खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको थियो ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  १० : ३५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका