अमेरिकामा प्रिमियर हुँदै ‘ओभर डोज’ | Khabarhub Khabarhub

अमेरिकामा प्रिमियर हुँदै ‘ओभर डोज’


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा बस्ने दुई नेपाली युवाको जीवनीमा आधारित फिल्म ‘ओभर डोज’ प्रिमियर हुने भएको छ । फिल्म यही मे २९ अर्थात भोलि अमेरिकाको टेक्सस राज्यको डलासमा प्रिमियर हुन लागेको हो ।

लागुऔषध र अपराधको कथा समेटिएको फिल्ममा प्रनिषराज पन्त, सविनजंग थापा, बिना श्रेष्ठ, गौरव गुरुङ र स्वामी डिजेलगायत अमेरिकी कलाकारको अभिनय छ ।

सुमन पौडेलको लेखन तथा निर्देशन रहेको फिल्म नेपाली र अंग्रेजी दुई भाषामा निर्माण गरिएको छ । यो टिमले सट फिल्म, म्युजिक भिडियो तथा विज्ञापन निर्माण गर्दै आएको छ । उनीहरुको पहिलो यो फिचर फिल्म पहिलो हो ।

यस फिल्मलाई दर्शकले मन पराउनेमा आफु ढुक्क रहेको निर्देशक पौडेलले बताए । चितवन निवासी पौडेल केहि वर्षदेखि अमेरिकामा नै बसोबास गर्दै आएका छन । उनले फिल्म मेकिङमा ब्याचलर सकेका छन् ।

दर्शकका लागि केही नयाँ दिने उदेश्यले फिल्म निर्माण भएको अभिनेता प्रनिसराज पन्त बताए । उनी पढाईको सिलसिलामा अमेरिकामा बस्दै आएका छन् ।

दादा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मलाई साजन कार्कीले सम्पादन गरेका छन् । यस फिल्मलाई समयअनुकुल भएपछि संसारभर प्रदर्शन गर्ने निर्माणपक्षको भनाई छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ८ : ४३ बजे

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का