सबै नागरिकलाई खोप उपलब्ध गराउन सरकार प्रयत्नशील –प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

सबै नागरिकलाई खोप उपलब्ध गराउन सरकार प्रयत्नशील –प्रधानमन्त्री ओली

'चुनाव हुन्छ, विकास रोकिन्न'


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणका लागि हरेक नागरिक सिपाहीको रुपमा रहनु पर्ने बताएका छन् ।

सबै क्षेत्रको सहकार्यले मात्र महामारी नियन्त्रण सम्भव हुने भन्दै उनले प्रत्येक नागरिक महामारीविरुद्धका सिपाहीका रुपमा प्रस्तुत हुनु पर्ने बताए ।

आफ्नो गृहनगर झापा दमकस्थित दमक बहुमुखी क्याम्पस भवनको भर्चुअल रुपमा शिलान्यास गर्दै उनले महामारी नियन्त्रण गर्न सरकार लागि रहेको बताए ।

सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलव्ध गराउन सरकार प्रयत्नशिल रहेको भन्दै उनले विभिन्न देशमार्फत खोप ल्याउने काम भईरहेको बताए । सो क्रममा उनले दमकका छिट्टै अक्सिजन प्लान्टसमेत निर्माण हुने र निर्माणाधिन दमक अस्पतालको भवनमा उपकरणको अभाव हुन नदिने बताए ।

चुनाव हुन्छ, विकास रोकिन्न

सरकारले चुनावको मिति घोषणा गरिसकेकाले हुन्छ र हुँदैन भन्ने अलमलमा पर्न नहुने प्रधानमन्त्री ओलीको भनाइ थियो । चुनाव हुने भनेपछि केही तत्व विकास निर्माणका काम ठप्प पार्नु पर्छ भनेर लागि रहेको भन्दै ओलीले त्यो सम्भव नहुने र सरकार निरन्तर जनताका काममा लाग्ने बताए ।

सरकारले जनताबीचमा लोकप्रिय हुने विभिन्न काम गरेको भन्दै उनले सरकारको लोकप्रियताबाट आतिएकाले नै विकास निर्माण ठप्प पार्नु पर्छ भनेर हल्ला चलाई रहेको टिप्पणी गरे ।

यस अघि सरकारले विभिन्न वृहत योजनाहरु शिलान्यास एवम् उद्घाटन गरेको भन्दै क्याम्पसको भवन पनि निर्धारित समयमानै पूरा गराउन सवै पक्ष लाग्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

१० करोडमा २४ कोठे भवन
दमकको सबैभन्दा ठूलो सामुदायीक क्याम्पस दमक बहुमुखी क्याम्पसमा १० करोड रुपैयाँको लागतमा नयाँ भवन निर्माण शुरु भएको हो । दमक नगरपालिकामार्फत सो रकम प्राप्त भएको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले जनाएकी छन् ।

२४ कोठे भवन ३ ओटा ब्लकको हुने छ । प्रधानमन्त्री ओलीले भर्चुअल शिलान्यास गरेको कार्यक्रमका लागि नगरप्रमुख रोमनाथ ओली तथा अन्य जनप्रतिनिधीहरु क्याम्पस प्राङ्गणमा पुगेका थिए ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  २ : २१ बजे

खोटाङमा आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु

खोटाङ- जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर जलेर

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई इन्टरनेटमा सहुलियत

प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारहरूलाई

‘निर्वाचन प्रणालीमै सुधार हुनुपर्छ, व्यथा एकातिर औषधि अर्कातिर भयो’

मसल र मनिको प्रभाव राजनीतिमा निर्णायक बन्दै गएपछि निष्ठाको राजनीति

भारतीय चुनाव आयोगले सोध्यो प्रधानमन्त्री मोदी र राहुल गान्धीसँग स्पष्टीकरण 

भारतको केन्द्रीय चुनाव आयोगले प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता

स्याउका बोटमा फूल लाग्न थालेपछि बगैंचा सेताम्मे

जुम्ला– यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा