कोभिडले अमेरिका–चीन सम्बन्ध कसरी अधोगतिमा लग्यो ? « Khabarhub
Logo
७ असार २०७८, सोमबार

कोभिडले अमेरिका–चीन सम्बन्ध कसरी अधोगतिमा लग्यो ?



भाग ४

बेइजिङले महामारीमा चुनौती र अवसर दुवै देख्यो । उसले महामारीलाई आफ्नो एकतन्त्रीय हिसाबमा सञ्चालन भएको सरकार पश्चिमा प्रजातन्त्रभन्दा प्रभावकारी र सबल रहेको देखाउने अवसरका रूपमा लियो । भाइरसबाट पहिला प्रभावित देश चीन भएकाले त्यसको असरबाट पनि पहिला जुध्ने र बाहिर निस्किने अवसर चीनलाई नै हुनेवाला थियो । जुन प्रकारले चिनियाँ कम्युनिस्ट पार्टीले महामारीलाई आफ्नो हित अनुकूल उपयोग गर्‍यो त्यसले अन्य देश चीनका विरोधी भए ।

आफूसँग भएका सबै सूचना विश्वका वैज्ञानिकमाझ साझा गर्दै भाइरसविरुद्ध लड्न विश्वसँग सहकार्य हुनुको सट्टा चिनियाँ अधिकारीहरूले चिनियाँ वैज्ञानिकहरूलाई भाइरस सम्बन्धी आफूसँग भएका सूचना सरकारको अनुमतिबेगर बाहिर ल्याउन बन्देज लगाए । जब अमेरिकी कम्पनी जिलिड साइन्सले एन्टिभाइरल ड्रग रेमडेसिभर स्याम्पल चिनियाँ बिरामीमा परीक्षण गर्न पठाएको थियो तब वुहान इन्स्टिच्युट अफ भाइरोलोजीले त्यसमा पेटेन्ट लगाउने प्रयास गरेको थियो ।

अमेरिकी अधिकारीहरूले चीनले भ्याक्सिन लगायत भाइरससँग लड्न आवश्यक पर्ने औषधि सम्बन्धी अनुसन्धानलाई साइवर हमला र अन्य गुप्तचर माध्यमबाट चोर्ने प्रयास गरेको आरोपसमेत लगायो ।

त्यही अवस्थामा चीनले आफ्नो क्षेत्रका छिमेकी देशमाझ शक्ति प्रदर्शन गर्ने कामसमेत गर्‍यो । यस्तो अवस्थामा उसले शक्ति प्रदर्शन गर्ने काम गर्‍यो जुन बेला उसका छिमेकी देश भाइरससँग जुध्दै थिए । चिनियाँ सेनाले त्यही समयमा भारतीय सीमा उल्लंघन गर्दै सैन्य गतिविधिका लागि उक्साउने काम गर्‍यो ।

यस्तै, चिनियाँ कम्युनिस्ट पार्टीको रबर स्टाम्पका रूपमा रहेको चिनियाँ कंग्रेसले हङकङमा लागु गर्न नयाँ सुरक्षा कानून पारित गर्‍यो । यसले एक देश दुई प्रणालीको स्थापित मान्यतामाथि प्रहार भएको थियो । जसका कारण हङकङवासीहरू आफ्नो अभिव्यक्ति स्वतन्त्रता र स्वायत्तता सीमित गरेको भन्दै बेइजिङको विरोधमा उत्रिन बाध्य भए ।

बाँकी विश्वले चीनको यो गतिविधि खासै वास्ता गरेको थिएन तर पनि चीनको कदम अन्तर्राष्ट्रिय समुदायबाट छिपेको थिएन ।

सुरक्षा कानून लागु हुनेबित्तिकै हङकङ प्रहरीले त्यहाँ सञ्चालन भइरहेको प्रजातान्त्रिक आन्दोलनका पक्षधर व्यक्तिलाई हिरासतमा लिने काम गर्‍यो, स्वतन्त्र मिडियामा खानतलासी गर्‍यो । चीनबाट ताइवानलाई चेतावनी दिने काम भयो । दक्षिण चीन सागरमा उसको दाबी बढाउने कामसँगै उइगुर मुश्लिममाथिको ज्यादति झन् बढ्यो ।

बाँकी विश्वले चीनको यो गतिविधि खासै वास्ता गरेको थिएन तर पनि चीनको कदम अन्तर्राष्ट्रिय समुदायबाट छिपेको थिएन ।

उदाहरणका लागि, बेलायत सरकारले आफ्नो पूर्वनिर्णय उल्टाउँदै चिनियाँ आफ्नो संवेदनशील क्षेत्रमा स्मार्ट फोन हुवावे फोन प्रयोगमा निधेष गर्‍यो । बेलायतको यो निर्णयमा खुशीयाली मनाउन अमेरिकी विदेशमन्त्री पोम्पियोले लन्डनको यात्रा गरे । नेदरल्यान्डले चीनले पठाएको धेरै त्रुटिपूर्ण मास्क फिर्ता पठायो । यसमा बेइजिङले नेदरल्यान्डलाई थर्कायो । यसबाट नेदरल्यान्डका नागरिकहरू चीनसँग रुष्ट भए ।

नेदरल्यान्डले आफ्नो जवाफ शालीन हिसाबमा दियो । उसले आफ्नो सार्वभौमसत्ता प्रयोग गर्दै ताइवानमा आफ्नो प्रतिनिधि पठाउने निर्णय गर्‍यो । चिनियाँ सरकारले सजाय स्वरूप नेदरल्यान्डमा स्वास्थ्य सामग्री नपठाउने चेतावनी दियो ।

यस्तै, जब अस्ट्रेलियाली सरकारले कोरोना भाइरसको उत्पतिको विषय खोजविन हुनुपर्ने बतायो, तब चीनले त्यसको प्रतिक्रिया स्वरूप गाईको मासु आयातमा रोक लगायो । यसले गर्दा महामारीबीच अस्टे«लियाली अर्थतन्त्रमा निकै ठूलो धक्का पुग्यो ।

गत वर्षको वर्षायामसम्म गरिएको सर्वेमा अमेरिकीहरू पनि चीनप्रति असन्तुष्ट देखिएका थिए । यो कुरा अमेरिकाका डेमोक्रेटिक नेताहरूलाई समस्याको विषय थियो । उनीहरू पनि चीनसँग कडारूपमा प्रस्तुत हुन चाहन्थे यद्यपि बेइजिङलाई दण्ड दिने मनस्थितिमा भने थिएनन् । यो किन पनि भने ट्रम्प संकट समाधान गर्न असफल भएपछि उनले त्यसको दोष चीनमाथि थोपरेको उनीहरूको विश्वास थियो ।

ट्रम्पको चीनविरोधी धारणाकै कारण अमेरिकामा एसियाली र एसियाली–अमेरिकीमाथि आक्रमणको सिलसिला बढेको उनीहरूको विश्वास थियो । आफूहरू पनि चीनका विषयमा सक्रिय रहेको देखाउन डेमोक्रेट नेतृत्वको कंग्रेसले तिब्बत, हङकङ, उइगुर समुदाय सम्बन्धी धेरै ऐनहरू पारित गरेको थियो । तर, जब रिपब्लिकनले भाइरसको उत्पतिका विषयमा चीनमाथि छानविन गर्नुपर्ने माग गर्‍यो, सभामुख न्यान्सी पेलोसीले आफ्नो ककस समूहलाई रिपब्लिकनको पक्षमा मतदान नगर्न आग्रह गरिन् ।

अमेरिकाको विदेश मन्त्रालयले चीनका राष्ट्रिय सञ्चार माध्यमलाई ‘फरिन मिशन’ घोषणा गर्‍यो । योसँगै उनीहरूले आफ्ना गतिविधिका विषयमा अमेरिकाको संघीय सरकारलाई जानकारी गराउनु पर्ने थियो ।

जब रिपब्लिकन संसद जिम ब्याङसले भाइरस उत्पतिको विषयमा अनुसन्धानका लागि संकल्प प्रस्ताव पेश गरे तब डेमोक्रेटका तर्फबाट उक्त संकल्प प्रस्तावमा सेथ माल्टनले मात्रै हस्ताक्षर गरेका थिए । प्रस्तावमा हस्ताक्षर गरेपछि उनलाई क्यालिर्फोनियाबाट निर्वाचित डेमोक्रेट संसद जुडी चूले रङ्गभेदको समर्थन गरेको आरोप लगाए । यसपछि माल्टनले प्रस्तावबाट आफ्नो नाम फिर्ता लिएका थिए ।

कोरोना महामारीले चिनियाँ कम्युनिस्ट पार्टीको अन्य देशसँग दुई पक्षीय बढ्दो सम्बन्धमा असर गरेको स्पष्ट देखिन्थ्यो । डेमोक्रेट र रिपब्लिकन दुवै पार्टीले लामो समयदेखि आफ्नो चीन टास्क फोर्स बनाउँदै सोहीअनुसार अघि बढ्ने योजना बनाएका थिए । तर, यस्तो टास्क फोर्स निर्माण हुनुपूर्व नै डेमोक्रेटले आफ्नो योजना बदल्दा त्यो निर्माण हुन सकेन ।

र्‍यालीमा ‘कङ फू’ जस्ता रङ्गभेदी शब्दको प्रयोग गरेर राष्ट्रपति ट्रम्प आफैँले पनि दुई दलीय सहकार्यको सम्भावना कम गराएका थिए । बाइडन समूहले पनि ट्रम्पलाई चीनप्रति कडा रूपमा प्रस्तुत हुँदैगर्दा चिनियाँ राष्ट्रपति सिप्रति भने गहिरो सम्मान रहेको आरोप लगायो । अगस्टको शुरुरूआतमा भएको डेमोक्रेटिक न्याशनल कन्भेन्सनमा चीनको नाममा खासै लिइएन ।

तर, जब रिपब्लिनको न्याशनल कन्भेन्सको आयोजना भयो, चीनलाई प्रमुख शत्रुका रूपमा प्रस्तुत गरिएको थियो । कन्भेन्सको दौरान दिएको आफ्नो मन्तव्यमा ट्रम्पले ‘चीन भाइरस’ को नाम बारम्बार लिएका थिए । डोनाल्ड ट्रम्पका गतिविधि अविश्वसनीय हुने भन्दै बेइजिङका नेतृत्वले राष्ट्रपति निर्वाचनमा उनी हारून् भन्ने चाहेको उनलाई थाहा थियो ।

‘बेइजिङ नीतिमा बाइडन कमजोर भएका कारण गुप्तचरी रिर्पोटका अनुसार चीन बाइडनले नै निर्वाचन जितून् भन्ने चाहन्थ्यो’, राष्ट्रपतिका ठूला छोराले भने । ट्रम्प प्रशासनका संयुक्त राष्ट्र संघका पूर्वप्रतिनिधि निक्की हेलेले घोषणा नै गरिदिए कि बाइडन ‘कम्युनिस्ट चीनका लागि उपयुक्त पात्र’ हुन् । उनले यस्तो कुरा ‘टफ अन चाइना’ मा उल्लेख गरेका छन् ।

अमेरिकाको विदेश मन्त्रालयले चीनका राष्ट्रिय सञ्चार माध्यमलाई ‘फरिन मिशन’ घोषणा गर्‍यो । योसँगै उनीहरूले आफ्ना गतिविधिका विषयमा अमेरिकाको संघीय सरकारलाई जानकारी गराउनु पर्ने थियो ।

के यो जागृतिपछि चीनले अमेरिकीहरूको दैनिक जीवनमा प्रभाव पार्न सक्छ ? के अमेरिकीहरूले अझै पनि वासिङ्टन–बेइजिङ सम्बन्ध पहिलाकै जस्तो छ भनेर बुझेका छन् ?

यस्तै, राष्ट्रपतिको परमादेशबाट चीनबाट अमेरिका आएका विज्ञान सम्बन्धी अनुसन्धानकर्ता, प्राविधिक, इन्जिनियर र गणित क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई चिनियाँ सेनासँग उनीहरूको कुनै पनि प्रकारको सम्बन्ध छ भने अनुसन्धान रोक्न लगाइयो । ट्रम्प प्रशासनले हस्टनमा रहेको चिनियाँ कन्सुलेट बन्द गर्ने आदेश दियो । उक्त कार्यालय शोधचोरी र गुप्तचरी जस्ता काममा संलग्न रहेको आशंका गरिएको थियो ।

यस्तै, संघीय सूचना विभागले हुवावे र जीटीईलाई राष्ट्रिय सुरक्षा चुनौतीका रूपमा व्याख्या गर्‍यो । यससँगै अमेरिकाका कुनै पनि सरकारी कार्यालयमा ती कम्पनीको सामान प्रयोग नगर्ने आदेश दियो ।

वासिङटनसँग गम्भीररूपमा छलफल गर्नुअघि चिनियाँ नेतृत्वकर्ता अमेरिकाको राष्ट्रपतीय निर्वाचनको नजिताको प्रतिक्षामा थियो ।
कोरोना भाइरसका कारण अमेरिका–चीन सम्बन्ध सधैँका लागि परिवर्तन भइसकेको बेइजिङ र वासिङटन दुवैलाई थाहा थियो । सबै संकेतले चिनियाँ राष्ट्रपति सिको शासनकाल बढ्ने देखिएको थियो । उसको आर्थिक आक्रमकता, सैन्य विस्तार, आन्तरिक दमन र प्रजातान्त्रिक समाजमा उसको हस्तक्षेप बढ्ने पनि स्पष्ट थियो ।

निर्वाचनअघि बाइडनको प्रचार गर्दै हिँडेका अभियानकर्ताले ट्रम्पले अघि सारेको चीन नीतिलाई निरन्तरता नदिने बताएका थिए । उनीहरूले ट्रम्पले अघि सारेको व्यापार ट्यारिफ खारेज गर्ने र आफ्नो ध्यान बहुपक्षीय रणनीतिमा केन्द्रित गर्ने वाचा गरेका थिए ।

ट्रम्पको उथलपुथलपूर्ण कार्यकालका दौरान उनले बेइजिङ नीतिमा जे जस्तो काम गरेका थिए, ती दिन समाप्त भइसकेका छन् । यी सबका बाबजुद चीनको उदयले अमेरिकाको सुरक्षा, समृद्धि, स्वतन्त्रता र सार्वजनिक स्वास्थ्यका क्षेत्रमा प्रत्यक्ष असर पुर्‍याएको कुरा अब अमेरिकी माझ लुकेको विषय होइन । यो यस्तो किसिमको जागृति थियो जसको अनुमान शायदै चिनियाँ राष्ट्रति सिले लगाएका थिए ।

के यो जागृतिपछि चीनले अमेरिकीहरूको दैनिक जीवनमा प्रभाव पार्न सक्छ ? के अमेरिकीहरूले अझै पनि वासिङ्टन–बेइजिङ सम्बन्ध पहिलाकै जस्तो छ भनेर बुझेका छन् ?

केही विश्लेषकहरूका विश्लेषणलाई आधार मान्ने हो भने चीन अब धेरै अगाडि बढिसकेको छ । हार्वड विश्वविद्यालयका प्राध्यापक जोसेफ नाई ‘नेपोलियनले सुतेको बाघलाई उठाउने काम नगर भन्ने चेतावनी दिएका थिए’ भन्छन् । उनले यो कुरा अगस्ट २०२० को सुरक्षा सम्बन्धी भर्चुअल एक कार्यक्रममा भनेका थिए । तर, उनी चीनको विषयमा कुरा गर्दै थिए, हामी यहाँ अमेरिकाको विषयमा कुरा गर्दैछौँ ।(समाप्त)

(जोश रोगिन वासिङ्टन पोस्टमा विदेश नीति र राष्ट्रिय सुरक्षामा लेख्छन् । ४ मार्च २०२१ मा द वासिङ्टन पोस्टमा प्रकाशित यो लेख उनको पुस्तक ‘क्याओस् अन्डर ह्यावेन : ट्रम्प, सि एन्ड द ब्याटल अफ ट्वान्टी फस्ट सेन्चुरी’ बाट साभार गरिएको हो । खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)


भर्खर

0