एकजना राजा शिकारका लागि निस्के । बाटोमा उनलाई तिर्खा लाग्यो । जङ्गलमा सूरदास भन्ने व्यक्तिको झुपडी थियो । त्यहाँ एउटा गाग्रो राखिएको थियो ।
राजाले सिपाहीलाई त्यहाँबाट पानी ल्याउन आदेश दिए । सूरदासको नजिक पुगेर सिपाहीले भने— ए अन्धा ! थोरै पानी देऊ ।
सूरदासले भने— यहाँबाट गइहाल, तिमीले पानी पाउने छैनौ ।
त्यसपछि सेनापति पानी माग्न गए । उनले पनि सूरदाससँग रुखो बोली बोले । सूरदासले सेनापतिलाई पनि पानी दिएनन् । त्यसपछि राजा आफै सूरदासकहाँ गए ।
राजाले अन्धोलाई नमस्कार गर्दै भने— बाबा ! मलाई एकदमै तिर्खा लागेको छ, थोरै पानी दिनुहुन्छ कि ?
सूरदासले राजालाई सत्कारपूर्वक बसाए र भने— राजन ! तपाईंलाई जति पानी चाहिएको छ लिनुस् र अन्य कुनै चिजको आवश्यकता भएमा त्यो पनि भन्नुस् ।
राजाले पानी पिएपछि सूरदासलाई सोधे— तपाईंले हेर्न सक्नुहुन्न तर पनि म राजा हुँ भनेर कसरी थाहा पाउनुभयो ?
सूरदासले भने— बोलिले व्यक्तिको श्रेष्ठता थाहा पाइन्छ ।
साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट
प्रतिक्रिया