पत्रकार महासंघको अध्यक्षमा पाँचजनाको दावेदारी | Khabarhub Khabarhub

पत्रकार महासंघको अध्यक्षमा पाँचजनाको दावेदारी


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा पाँच जनाले उम्मेद्वारी दिएका छन् ।

अध्यक्ष पदका लागि गजेन्द्रसिंह बुढाथोकी, दीपक पाठक, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोखरेलले उम्मेद्वारी दिएका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा ध्रुव लम्साल, माधव नेपाल, रमेश विष्ट र रामजी दाहालले उमेदवारी दिएका छन् ।

यसैगरी महासचिवमा बालकृष्ण बस्नेत, राजेश मिश्र, रोशन पुरी र सुबोध गौतमले उम्मेद्वारी दिएका छन् ।

यस पटक पार्टीनिकटका पत्रकार संस्थाहरूका अतिरिक्त स्वतन्त्र रुपमा उम्मेदवारी दिनेहरू प्रशस्तै देखिएका छन् । यस पटकदेखि महासंघको निर्वाचन प्रत्यक्ष रुपमा सबै मतदाताले मत दिन पाउने व्यवस्था गरिएको छ ।

नेपाली कांग्रेसनिकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनले माओवादी केन्द्रनिकटको प्रेस संगठन, नेकपा एमाले माधव नेपाल समूहनिकटको प्रेस चौतारीसहितका अरु संस्थासँग मिलेर उम्मेदवारी दर्ता गराएको हो । युनियनले विपुल पोखरेलको नेतृत्वमा उम्मेदवारहरुलाई मैदानमा उतारको छ ।

यसैगरी नेकपा एमाले अध्यक्ष केपी ओली निकटको प्रेस चौतारीले पनि अरु केही साना संस्थासँगको साझेदारीमा निर्मला शर्माको नेतृत्वमा उम्मेदवारहरुलाई मैदानमा उतारेको छ ।

उता, युनियनमा भने आधिकारिक उम्मेदवारी नपाएपछि विद्रोही उम्मेदवारी पनि परेको छ । अध्यक्षमा रामप्रसाद दाहाल, उपाध्यक्षमा रामजी दाहाल र महासचिवमा राजेश मिश्र उक्त समूहका सदस्यहरू हुन् ।

चौतारीमा पनि दीपक पाठकले विद्रोही उम्मेदवारी दिनुभएको छ भने गजेन्द्र बुढाथोकीले आफूलाई श्रमजीवीहरूको प्रतिनिधि भन्दै मनोनयन दर्ता गराएका छन् ।

निर्वाचनका दिनसम्म कति जनाले फिर्ता लिने छन् र कति जनाको बीचमा मुख्य प्रतिष्पर्धा हुनेछ त्यसका लागि उम्मेदवारको अन्तिम सूची पर्खनुपर्नेछ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १२ : ३१ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द