अचम्म ! मोटो व्यक्तिले बिजुली बत्ती बदल्न नपाउने ? | Khabarhub Khabarhub

अचम्म ! मोटो व्यक्तिले बिजुली बत्ती बदल्न नपाउने ?


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक देशको आफ्नो सभ्यता र नियम कानुन हुन्छ । विश्वका कतिपय देशका नियमहरु यति धेरै अनौठा छन् कि जसबारे जान्ने जोकोहि अचम्मित हुने गर्दछन् । आज यस्तै विश्वका केही अनौठा नियमबारे चर्चा गर्दैछौ :

आफैले चिम बदल्न नपाइने
साधारणतया मानिसहरु घरमा चिम बिग्रीयो भने यसलाई आफैले वा कसैको सहायतामा बदल्ने गर्दछौ । तर अस्ट्रेलियाको विक्टोरियामा भने यसो गर्नु गैरकानूनी हो । यहाँ चिम बदल्न लाइसेन्सधारी प्रशिक्षित इलेक्ट्रिसियनले मात्र पाउँछन् । अन्यथा अरुले बदले १० अस्ट्रेलियन डलरसम्म जरिवाना हुनेछ ।

मोटो हुनु गैरकानूनी
जापानमा मोटो हुनु गैरकानूनी छ । सन् २००९ मा बनेको एक कानुन अनुसार यहाँ पुरुष वा महिलाको कम्मरको अधिकतम आकार निश्चित गरीएको छ । कानून अनुसार, जापानमा ४० बर्षभन्दा माथिका पुरुषको कम्मर ३१ इञ्च र महिलाको ३५ इञ्च भन्दा बढि हुनु हुदैन । अन्यथा यसलाई यसलाई गैरकानूनी मानिन्छ ।

संसदमा मृत्यु गैरकानूनी
बेलायतको कानून अनुसार संसदमा कसैको मृत्यु हुनु हुदैन । तर सन् २००७ मा बनेको बेलायतको यो कानुनको कतै लिखित व्याख्या भने छैन ।

सवारीमा पेट्रोल सकिनु अपराध
जर्मनीमा सवारीको पेट्रोल सकिनु, सवारीलाई तान्नु र साथै पैदल हिड्नु समेत गैरकानूनी छ । कानुनको मान्यता अनुसार यसो हुदाँ अन्य चालकको ध्यान भट्किन सक्छ र दुर्घटना हुने संभावना रहन्छ । यसकालागी ६५ पाउण्डसम्म जरीवाना हुन्छ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ११ : ०८ बजे

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

महोत्तरी– महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका अग्निपीडित परिवार राहतको प्रतीक्षामा

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार