विश्वकप छनौट : पोर्चुगल र सर्वियाको बराबरी | Khabarhub Khabarhub

विश्वकप छनौट : पोर्चुगल र सर्वियाको बराबरी


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबलको युरोपियन छनौट अन्तर्गत आइतबार रातिको खेलमा पोर्चुगल र सर्वियाले बराबरी खेलेका छन् ।

घरेलु मैदान वियोग्राडमामा भएको खेलमा सर्वियाले पोर्चुगललाई २-२ गोलको बराबरीमा रोकेको हो ।

डियोग जोटाले ११औँ र ३६औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि त्यसलाई जोगाउन नसक्दा पोर्चुगलले अंक बाढ्न बाध्य भयो ।

२-० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै ४६औँ मिनेटमा एलेक्जेण्डर मित्रोभिक र ६०औँ मिनेटमा निकोला मिलेन्कोभिकले गोल गर्दै सर्वियालाई हारबाट जोगाए ।

बराबरीसँगै समूह ए मा सर्विया शीर्ष स्थानमा कायमै छ । समान ४ अंक भए पनि गोल अन्तरका आधारमा पोर्चुगल दोस्रो स्थानमा छ ।

यसअघि पहिलो खेलमा सर्वियाले आयरल्यान्डलाई ३–२ ले पराजित गर्दा पोर्चुगलले अजरवैजानलाई १–० ले पराजित गरेको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ६ : ५० बजे

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको