१८ लाख ७८ हजार रुपैयाँसहित ३ जना हुण्डी कारोबारी पक्राउ | Khabarhub Khabarhub

१८ लाख ७८ हजार रुपैयाँसहित ३ जना हुण्डी कारोबारी पक्राउ


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अवैध हुण्डी कारोबारमा संलग्न  अभियोगमा प्रहरीले काठमाडौंको कुलेश्वरस्थितबाट तीनजनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका अनुसार पक्राउ परेकाहरूबाट १८ लाख ७८ हजार रुपैयाँ बरामद गरिएको छ ।

पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–१३ घर भई कान्तिपुर कोलोनीमा बस्ने ३७ वर्षीय नवराज कार्की, नुवाकोटको दुप्चेश्वर उँपालिका–६ घर भई तार्केश्वर नगरपालिका–१० बस्ने २४ वर्षीय सुमन थापा र भारतको बिहार घर भई कुलेश्वर बस्ने ५६ वर्षीय सत्यनारायण प्रसाद रहेका छन् ।

कुलेश्वर फलफूल बजारमा हुण्डी कारोबार भइरहेको सूचनाको आधारमा कारोबार गरीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

वृत्तका प्रहरी नायव उपरीक्षक अपीलराज बोहोराले उनीहरूमाथि थप अनुसन्धान भइरहेको बताए ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  १० : ०८ बजे

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार