प्रधानमन्त्रीले गरे ३१ ढुंगा राखेर ३१ वटा पुलको शिलान्यास | Khabarhub Khabarhub

प्रधानमन्त्रीले गरे ३१ ढुंगा राखेर ३१ वटा पुलको शिलान्यास


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– प्रधानमन्त्री केपी शर्मा ओली मदन भण्डारी चुरे राजमार्गमा पर्ने ३१ वटा पुलको  संयुक्त शिलान्यासको घोषणा गरेका छन् । उनले झापाको दमकबाट ३१ पुलको शिलान्यास गरेका हुन् ।

विभिन्न योजनाहरुको शिलान्यासका लागि गृह क्षेत्र झापा क्षेत्र नं. ५ मा आएका ओलीले दमक २ मा पर्ने रतुवा खोलामा बन्ने पुलको शिलान्यास गरी राजमार्गको पूर्वी खण्डमा निर्माण हुने ३१ ओटा पुल संयुक्त शिलान्यास भएको घोषणा गरेका हुन् ।

सो स्थानमा ३१ ओटा ढुंगा राखी शिलान्यास गरिएको र प्रत्येक पुलमा ती ढुंगा लगेर निर्माण कार्य अघि बढाइने ओलीको सचिवालय सदस्य होमबहादुर थापाले जानकारी दिए ।

यस्तै प्रधानमन्त्री ओली मदन भण्डारी चुरे राजमार्ग निर्माण कार्यलाई द्रुत अघि बढाएको भन्दै राजमार्ग क्षेत्रमा पर्ने स्थानीय तहहरुको तर्फबाट संयुक्त रुपमा सम्मान समेत गरिएको थापाले बताए ।

आइतबार नै ओलीले कमल २ मा पर्ने कमल खोला, दमक १० मा पर्ने मावा खोला, सोही वडामा पर्ने रतुवा खोला र दमक १ र इलामको चुलाचुलीमा पर्ने रतुवा खोलामा निर्माण भएका पुलको उद्घाटन समेत गरेका थिए ।

आधा दर्जन कार्यक्रमहरुमा सहभागी भई ओली आइतबार साँझ नै काठमाडौ फर्किएको सचिवालय जनाएको छ ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ६ : ३१ बजे

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी– अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

एलोन मस्कले गरे भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका