आफूलाई हटाएर देखाउन चुनौती दिँदै प्रधानमन्त्रीले भने: झुसे बारुलाहरुले फूर्ती नलाए हुन्छ | Khabarhub Khabarhub

आफूलाई हटाएर देखाउन चुनौती दिँदै प्रधानमन्त्रीले भने: झुसे बारुलाहरुले फूर्ती नलाए हुन्छ


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट अविस्वासको प्रस्ताव पास गरेर आफूलाई हटाएर देखाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् ।

आइतबार झापास्थित आफ्नो निर्वाचन क्षेत्रमा चीन–नेपाल मैत्रीपूर्ण औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफूलाई हटाएर देखाउन चुनौती दिएका हुन् ।

‘तपाईंहरुले संसद फिर्ता गरेर ल्याउनुभएको छ भने, मुद्दा लडेर ल्याउनुभएको छ भने केपी ओलीलाई पनि हटाएर देखाउनुहोस् ।’

पहिले पनि हटाउँदा जनताले आफूलाई जिताएर पठाएको उल्लेख गर्दै उनले अहिले हटाए तीन करोड जनताबाट फेरि दुई तिहाई मत ल्याएर देखाउने दावी गरे ।

‘त्यसैले चिन्ता गर्नुपर्ने अहिलेको अवस्था होइन’ उनले भने, ‘संसद पुनः स्थापना त भयो । तर, पार्टीको नेता र संसदीय दलको नेता केपी ओली हो । प्रधानमन्त्री केपी ओली छ । उहाँहरु अहिले मसँग हात थाप्न थाल्नु भएको छ राजीनामा गर्दिनुहोस् भनेर ।’

निरंकुश राजतन्त्र र पञ्चायती व्यवस्थाबाट अनेक कष्ट र संघर्ष गरेर देशलाई यहाँसम्म ल्याई पुर्‍याएको उनले बताए । ‘अहिले पनि हामी सही बाटोमा छौँ, देश बनाउने संकल्पमा छौँ’ उनले भने, ‘त्यसैले झुसे बारुलाहरुले फूर्ती नलाए हुन्छ ।’

आफूलाई नेपाली जनताको साथ रहेको प्रधानमन्त्री ओलीको दावी छ । ‘जबसम्म नेपाली जनताको हात आफ्नो टाउकोमा हुन्छ तबसम्म कसैले केही गर्न सक्दैन,’ उनले भने ।

प्रतिनिधिसभा पुनःस्थापनापछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल चितवनबाट हवाई जहाजमार्फत काठमाडौं आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विमानस्थलबाट सिँधै बुढानिलकण्ठ पुगेर उनीहरुले नयाँ सरकारको प्रधानमन्त्री भइदिन कांग्रेस सभापति शेरबहादुर देउवालाई निवेदन चढाएको दावी गरे ।

‘प्रतिनिधिसभा पुनः स्थापनापछि प्रचण्ड र माधव नेपाल चितवनबाट हवाई जहाज चढेर काठमाडौं आए छन् ।’ उनले भने, ‘उनीहरुको घर त एयरपोर्टबाट दक्षिणतिर छ । तर उनीहरु लागे उत्तरतिर । कहाँ जाने सा’ब भनेर सेक्युरिटीले सोध्यो, बुढानिलकण्ठ । बुढानिलकण्ठ भनेपछि सुतिराखेका बुढानिलकण्ठको पाउँमा पूजा गर्न जान्छन् कि क्या हो भन्ठाने उनीहरुले । सुतिराखेको होइन, उठिराखेको बुढानिलकण्ठतिर पो जान लाग्या रहेछन् ।’

देउवालाई प्रधानमन्त्री भइदिन आग्रह गर्दै प्रचण्ड–माधवले निवेदन हालेको ओलीले बताए । ‘गएर निवेदन हाले । प्रभु संसद पुनःस्थापना भयो । यो केपी ओलीलाई हटाउन प्रभुले प्रधानमन्त्री स्वीकार गर्दिनुपर्‍यो ।’ उनले भने, ‘विभिन्न नन्दीभ्रिङ्गी मिलेर सरकार बनाऊ, नत्र ओलीले यो देशको विकास गर्छ । देशको विकास रोक्नका लागि केपी ओलीलाई हटाउनै पर्‍यो हजुर ।’

तर, प्रचण्ड–माधवको बिन्तीलाई देउवाले स्वीकार नगरेको उनको भनाइ छ । ‘यसो विचार गरे होलान् । यी मान्छे त भरपर्दा छैनन् ।’ उनले भने, ‘पख्नुहोस् म साथीहरुसँग सल्लाह गर्छु । अहिले तपाईंहरु जानुहोस् । अध्याँरो मुख लगाएर बिचराहरु फर्किए ।’

प्रधानमन्त्री ओलीले प्रचण्ड–माधवले गठबन्धन सरकारका लागि जनता समाजवादी पार्टी (जसपा)लाई पनि आग्रह गरेको प्रसंग निकाले ।

‘अर्को ठाउँमा गएछन् । हामी मिलेर जाऊँ । मिलेर काम गरौँ भनेछन्,’ उनले भने, ‘त्यसपछि उनीहरुले सोधेछन्, तपाईंहरु कुन पार्टीबाट आउनुभयो, पार्टीको नाम के हो ? झस्याङ्ग भए साथीहरु, कुन पार्टी भन्ने कुन पार्टी !’

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ६ : १५ बजे

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर