मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर’ | Khabarhub Khabarhub

मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर’


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुक्तिनाथ विकास बैंकले अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ ।

यस अफर अन्तर्गत फागुन १६ देखि फागुन २३ गते भित्र मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता खोलेमा निशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ ।

यसका लागि ग्राहकले डेबिट कार्डको लागि फरम या आवेदन पनि यही अफर समय अवधि भित्र दिनु पर्नेछ ।

यस नारी विशेष अफर साथै ग्राहकले निशुल्क खाता पनि बैंक मार्फत खोल्न सकिनेछ । सम्पूर्ण नारीलाई नारी दिवसको शुभकामना दिन र बचतको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको हो ।

विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  २ : ५३ बजे

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक

गण्डकीको प्रदेशसभा बैठक बस्दै

गण्डकी– गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले