सिङ्गापुरमा सुभाषचन्द्र बोसको तुलादान भइरहेको थियो । स्वतन्त्र भारत सरकार र सेनाको सहायतार्थ भारतीय प्रवासीले औँठी, चुरा, हार एवम् मङ्गलसूत्र तराजुमा चढाइरहेका थिए । तर भार कम भइरहेको थियो ।
अचानक अश्रुपूर्ण आँखामा आएकी एक वृद्धाले आफ्नो छोराको स्वर्णजडित चित्र तराजूमा चढाइन् भार बराबर भयो । नेताजी र भारत माताको जय–जयकारले वातावरण गुञ्जियो ।
‘यो स्वर्णजडित चित्र मेरो शहीद छोराको हो । मेरा यदि अरु छोरा हुन्थे भने म ती सबैलाई बलिदानमा होमिदिन्थेँ ।’ वृद्धाले भनिन् ।
वृद्धाको चरण स्पर्श गरेर नेताजीले भने— ‘म पनि तपाईंकै छोरा हुँ आमा ! तपाईंजस्ती आमा पाएर भारत अरुको दास बन्न सक्दिैन ।’
साभार- ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट
प्रतिक्रिया