नेपाल भाषाको ‘मैचाया सपलय्’ सार्वजनिक | Khabarhub Khabarhub

नेपाल भाषाको ‘मैचाया सपलय्’ सार्वजनिक


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेपाल भाषाका छ वटा म्युजिक भिडियो संग्रहित एलबम ‘मैचाया सपलय्’ सार्वजनिक भएको छ । पाँच दशकसम्म नेपाल भाषाका गीत, संगीत, डबली नाटक, भजनमा सक्रिय रहेका संगीतकार भीमबहादुर नकःमिको शब्द तथा संगीत रहेको एलबमका केही गीतमा मनराजा नकर्मीका संगीत छन् ।

एलबम गीतकार दुर्गालाल श्रेष्ठ, गायक भृगुराम श्रेष्ठ, रत्न बेहोसी, संगीता प्रधान, तारावीर सिंह कंसाकार, धनबहादुर गोपाली, अमरराज शर्मा र मनराजा नकर्मीले संयुक्त रुपमा सार्वजनिक गरे ।

‘मैचाया सपलय्’ मा मोहन शाक्य र आशा नकर्मीको स्वर रहेको छ । भिडियोमा रामृष्ण खड्गी, लुज सिंह, मोनाम पाख्रिन र आरध्या लक्ष्मी खड्गीको निर्देशन छ ।

म्युजिक भिडियोहरुमा अशिष्मा नकर्मी, कर्मा, विनोद श्रेष्ठ, सुरज नापित, रुपेन्द्र श्रेष्ठ, रोजिना सुवाल, रवी डंगोल, भिन्तुना जोशी, प्रतिक श्रेष्ठ, अन्जला नकर्मीलगायत फिचर्ड छन् ।

नकःमिका भक्तिरस भजनमाला चार भागसम्म प्रकाशित छन् । त्यस्तै, बलम्बु ज्ञानमाला भजन पुस्तक र सीडीमा समेत प्रकाशित छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  १ : ५५ बजे

स्याउका बोटमा फूल लाग्न थालेपछि बगैंचा सेताम्मे

जुम्ला– यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा

पाँच वर्षभित्र तीन क्षेत्रमा ११४ खर्ब लगानी

काठमाडौं – सरकारले अर्थतन्त्रका तीन क्षेत्रमा आगामी पाँच वर्षभित्र १

सिसै सिसाको प्रतिक्षालय (तस्बिरहरु)

काठमाडौं– धरहरा पुनर्निर्माण योजनाअन्तर्गत बनेको नयाँ प्रतीक्षालय अहिले सबैको ध्यानको

खोटाङमा बनबाट डढेलो बस्तीमा पस्दा १३ घर जले, ११ परिवारको बिचल्ली

वनमा लागेको डढेलो बस्तीमा पस्दा खोटाङको बाराहापोखरी गाउँपालिका-१ मा कम्तीमा

१० वर्षमा विदेशी लगानीका ५० उद्योग दर्ता, सिमेन्टमा ६० अर्ब लगानी

नेपालमा वैदेशिक लगानी भित्रिन सुरु भएको ७ दशक बढी भइसकेको