कोभिड–१९ बारे पारदर्शी नभएको भन्दै चीन र डब्लुएचओप्रति बेलायती पूर्वमन्त्री रुष्ट | Khabarhub Khabarhub

कोभिड–१९ बारे पारदर्शी नभएको भन्दै चीन र डब्लुएचओप्रति बेलायती पूर्वमन्त्री रुष्ट


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन- चीनले कोभिड– १९ जस्तो संवेदनशील विषय लुकाएको भन्दै बेलायतका पूर्व श्रम तथा पेन्सन मन्त्री इयान डनक्यान स्मिथले निन्दा गरेका छन् ।

चीनको वुहानबाट फैलिएको कोभिड–१९ निकै विनाशकारी छ भन्ने अवगत हुँदाहुँदै पनि चीन सरकारले विश्वलाई समयमा सूचना नदिएको भन्दै बेलायतका पूर्व श्रम तथा पेन्सन मन्त्री इयान डनक्यान स्मिथले चीन सरकारको निन्दा गरेका हुन् ।

चीनले संसारलाई अबगत गराएभन्दा धेरै महिना अघिबाटै चीनमा कोभिड–१९ को महामारी फैलिएको भन्दै पूर्वमन्त्री स्मिथले द सन समाचारपत्रमा आफ्नो लेख प्रकाशित गरेका छन् ।

साथै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि वुहानको प्रयोगशालामा उचित अध्ययन अनुसन्धान नगरेको भन्दै उनले आफ्नो लेखमार्फत असन्तुष्टि व्यक्त गरेका छन्। चीनले समयमा कोभिडविरुद्ध पारदर्शी काम गरेको भन्दै डब्लूएचओका महासचिव टेड्रोस गेब्रियससले बधाइ दिनु निन्दनीय भएको पूर्वमन्त्री स्मिथको लेखमा उल्लेख गरिएको छ।

चीनको शंकास्पद कार्यप्रति डब्लुएचओ जस्ता जिम्मेवार निकायले गहिरो ध्यानाकर्षण र अनुसन्धान गर्दै सत्य पत्ता लगाउनुपर्नेमा उल्टो काम गरिरहेको उनको भनाइ छ । चीनले विश्वलाइ कोभिड–१९ बारे अध्याँरोमा राखेको र सत्य सूचना बाहिर ल्याउन खोज्ने आफ्नै नागरिकमाथि कारबाही समेत गरेको पूर्वमन्त्री स्मिथको दाबी छ ।

अमेरिकी आर्थिक नाकाबन्दी भोगीरहेको बेला यो महामारीले नाकाबन्दी थप एक खर्ब अमेरिकी डलर पुग्ने डरले चीनले सूचना लुकाएको पुर्वमन्त्री स्मिथले लेखेका छन् ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  १० : १५ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले