शैक्षिक गुणस्तर सुधारका लागि स्रोतको परिचालन गर्न राष्ट्रपतिको आग्रह | Khabarhub Khabarhub

शैक्षिक गुणस्तर सुधारका लागि स्रोतको परिचालन गर्न राष्ट्रपतिको आग्रह


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले शैक्षिक गुणस्तर सुधारका लागि योगदान पुग्ने गरी स्रोतको परिचालन तथा समयमा नै कार्य सम्पन्न गर्न शिक्षा, विज्ञान मन्त्रालयले आवश्यक पहलकदमी लिने विश्वास व्यक्त गरेकी छिन ।

सरकारको चालू आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा रहेको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ कार्यान्वयनको अवस्थाबारे शिक्षामन्त्रीसहित सम्बन्धित पक्षका अधिकारीको ब्रिफिङ सुनेपछि राष्ट्रपति भण्डारीले कार्यक्रमलाई आवश्यकताका आधारमा रही विद्यालय शिक्षाको विकासमा बढी केन्द्रित भई पूर्वाधार विकास गर्न आग्रह गरेकी हुन ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको छलफलमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झा, शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीलगायतको सहभागिता थियो ।

मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि यसअघिका आवेदन खारेज गरी यही माघ २० गतेभित्र नयाँ आवेदन माग गरेको छ । यसअघि गत वर्ष आवेदनबाट प्राप्त तीन हजार १४७ वटा निवेदन खारेज गरिएका हुन् । चालू आवको बजेटमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा रु पाँच अर्ब १० करोड बजेट छुट्याइएको छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ११ : ०१ बजे

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेले पाए भौतिक पूर्वाधार मन्त्रालय

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको

थाई–म्यान्मा सीमा सहर नजिकै फेरि झडप सुरु

बैंकक– एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच