छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ | Khabarhub Khabarhub

छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विहिबार छोरीमाथि बलात्कार गरी फरार भएका बाबुलाई धनुषा प्रहरीले जनकपुरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–५ का भोला यादव रहेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिले जानकारी दिए । धनुषा घर भई हाल काठमाडौंको गोकर्णेश्वर बस्दै आएका यादवले मंगलबार काठमाडौस्थित घरमा छोरीलाई बलात्कारपछि कुटपिट गरी फरार थिए ।

यादवलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत बौद्ध काठमाडौंमा पठाइएको छ ।

महानगरीय प्रहरी वृत बौद्ध काठमाडौंमा छोरी बलात्कार गरी फरार भएको पीडितबाट निवेदन दिएपछि वृतको पत्रअनुसार खोजतलास गर्ने क्रममा यादवलाई धनुषा प्रहरीले जनकपुरबाट पक्राउ गरेको हो ।

बलात्कारपछि भएको कुटपिटले अचेत अवस्थामा फेला परेकी किशोरीको राष्ट्रिय ट्रामा सेन्टर उपचार भइरहेको छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ९ : २१ बजे

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती

बारम्बार तिर्खा लाग्नु स्वास्थ्य समस्या हुन सक्छ !

काठमाडौँ– अहिले गर्मी मौसम सुरु भएको छ । गर्मीमा पसिना

आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको

कतै मेघगर्जन र चट्याङसहितको वर्षा, कतै हावाहुरी

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र