सशस्त्र प्रहरीका ५ एसएसपी र १५ एसपीलाई दर्ज्यानी चिन्ह प्रदान | Khabarhub Khabarhub

सशस्त्र प्रहरीका ५ एसएसपी र १५ एसपीलाई दर्ज्यानी चिन्ह प्रदान


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर भएका ५ जना अधिकृत तथा उपरीक्षकमा पदोन्नति भएका १५ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा आयोजित विशेष समारोहमा उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

नेपाल सरकार गृहमन्त्रालय गृहमन्त्रिस्तरको यही माघ १४ गतेको निर्णयले ५ जना अधिकृतहरु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर भएका हुन् भने नेपाल सरकार गृहसचिवस्तरको यही माघ १२ गतेको निर्णयले १६ जना सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका हुन् ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्दै उनीहरुले राज्य र संगठनलाई पुर्याएको योगदानकोसाथै व्यावसायिक क्षमता तथा कार्यदक्षताको मुल्यांकन गर्दै पदोन्नती गरिएको उल्लेख गरे ।

उनले बढुवा भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पदोन्नतीसँगै प्राप्त भएको उत्तरदायित्व तथा जिम्मेवारी पुरा गर्न पूर्णव्यावसायिक भई अनुशासित एवं जिम्मेवारी बोधकासाथ कार्यक्षेत्रमा कृयाशिल रहन निर्देशन दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु व्यक्तिगत स्वार्थलाई थाती राख्दै सामुहिक भावनाकासाथ राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा कृयाशिल रहनुपर्ने उल्लेख गर्दै राष्ट्रको सुरक्षा, जनताको सेवामा कटिबद्ध रहँदै फौजी संकारमा रहेर आफु मातहतकालाई समेत मार्गदर्शन गर्दै आम नागरिकको मन जित्ने गरी कार्यक्षेत्रमा कृयाशिल रहन निर्देशन दिए ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ८ : ०२ बजे

कार्यालय समयमा कार्यकक्षमा नहुने स्वास्थ्यकर्मीलाई कारबाही गरिने

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने

लोकतन्त्रका नक्कली सिक्का आफैँ खुइलिएर विस्थापित हुन्छन् : कांग्रेस नेता महर

बझाङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस लोकतन्त्रको सक्कली

एमालेकाे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

काठमाडौं– नेकपा एमालेले शनिबारबाट ललितपुरमा सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संवैधानिक काम गरे : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले गण्डकी र सुदूर पश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति