वर्ल्ड लिंकले ३ अर्ब लगानीमा १४ वटा डाटा सेन्टर स्थापना गर्ने | Khabarhub Khabarhub

वर्ल्ड लिंकले ३ अर्ब लगानीमा १४ वटा डाटा सेन्टर स्थापना गर्ने


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्टरनेट तथा नेटवर्क सेवाप्रदायक वर्ल्ड लिंक कम्युनिकेशनस् लिमिटेडले देशका विभिन्न स्थानमा डाटा सेन्टर निर्माण गर्ने भएको छ ।

३ अर्ब लगानीमा आगामी ३ वर्षभित्र काठमाडौँ, भक्तपुर, लेखनाथ, हेटौडा, भरतपुर, बुटवल, दुहावी, बिरगञ्ज, कोहलपुर, अत्तरिया, ढल्केबर, सुर्खेत, भैरहवा लगायतका स्थानमा डाटा सेन्टर स्थापना गर्न लागेको कम्पनीले जनाएको छ ।

कम्पनीले बिहीवार आयोजना गरेको भर्चुयल मिटिङमा बोल्दै संस्थाका कार्यकारी निर्देशक केशव नेपालले इन्टरनेटको विकासको लागि अग्रगामी सोच लिदैँ देशका विभिन्न स्थानमा डाटा सेन्टर निर्माण गर्न लागेको बताए ।

नेपाल सरकारले लिएको डिजिटल नेपालको अवधारणा अनुरुप नै डाटा सेन्टरले सम्बोधन गर्ने कम्पनीका प्रबन्ध निर्देशक दिलीप अग्रवालले जानकारी दिए ।

‘यो ठुलो प्रयास हो यसका लागि हामीले विभिन्न कम्पनीहरुसँग सहकार्य गर्ने छौं’ उनले भने, ‘यद्यपी अहिलेसम्म कुन कम्पनी भन्ने यकिन भएको छैन हामी छलफल गरिरहेका छौं ।’

नेपालको कुनाकाप्चासँग वर्ल्ड लिंक पुर्‍याउँदै जनताको पहुँचमा इन्टरनेट पुर्याउने उद्देश्यका साथ वर्ल्ड गाउँगाउँमा विस्तार हुँदै गएको छ ।

हालसम्म देशभरका ४ लाख ५४ हजार ६ सय घरधुरीमा २६ लाखभन्दा बढी वर्ल्ड लिंकका प्रयोगकर्ता रहेका छन् ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ७ : २९ बजे

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त

काठमाडौं– एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

नवनियुक्त महालेखापरीक्षक रायाले लिए सपथ

काठमाडौं– नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल निवासमा

मोबाइल चाेरीकाे आरोपमा एक जना पक्राउ

काठमाडौं– मोबाइल चोरी गर्दै आपराधिक लाभ लिएको आरोपमा एक जना

सार्वजनिक लेखा समितिका सदस्यले गरे हुलाकी राजमार्गको अनुगमन

वीरगञ्ज–  प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सदस्यले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत

सुरक्षा प्रत्याभूतिको माग गर्दै गृहमन्त्रीकहाँ पुगिन् रमिला श्रेष्ठ

काठमाडौं– स्वर्गीय रामहरि श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले उपप्रधान एवं गृहमन्त्री