'नक्कली देशभक्त'ले मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोजे : प्रधानमन्त्री (भिडियोसहित) | Khabarhub Khabarhub

‘नक्कली देशभक्त’ले मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोजे : प्रधानमन्त्री (भिडियोसहित)


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पार्टी झन् एकताबद्ध भएर अगाडि बढेको दाबी गरेका छन ।

नेपाल ट्रेड युनिययन महासङ्घ (जिफन्ट)को राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टी शुद्धीकरणको अभियान अगाडि बढेको र पार्टीभित्र विकृति, अराजकता र स्वार्थी प्रवृत्तिको किनारा लागेको बताएका हुन ।

‘पार्टी शुद्धीकरणको अभियान चलेको छ, कोही पनि निराश हुनु पर्दैन’, उनले भने, ‘आज पार्टीमा जुन एकता देखिएको छ, त्यो कति वर्षदेखि थिएन, आज हाम्रो पार्टी सबैभन्दा बढी एकताबद्ध पार्टी भएको छ । सबैभन्दा अनुशासित पार्टी हाम्रो पाटी हो ।’

उनले नेकपा एक विचार, एक मन, एक उद्देश्य, एक धारणाका साथ समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न एकजुट भएर लागेको बताए ।

अबको आन्दोलन देशभक्तिपूर्ण र लोकतान्त्रिक हुनुपर्नेमा जोड दिँदै उनले सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्न कम्युनिस्ट पार्टी मजबुत हुनुपर्ने बताए ।

‘सही विचार बोकेको र एकताबद्ध कम्युनिस्ट पार्टीले मात्र आन्दोलनलाई गति साथ हाँक्न सक्छ’, उनले भने , ‘हामीलाई अनुशासित र गतिशील पार्टी चाहिएको छ, आज हाम्रो पार्टी त्यस्तै बनेको छ, आज हामी विचारमा कुनै अलमलमा छैनौँ ।’

सरकार सुखी नेपाली समृद्ध नेपालीको नारा बोकेर अघि बढेको र त्यसबाट किञ्चित पछि नपर्ने दृढता व्यक्त गरे । आफूले बारम्बार योग्यता र क्षमता भएका व्यक्तिलाई कामको जिम्मेवारी दिन खोज्दा भाग खोजेर हैरान पारेको गुनासो समेत गरे ।

हेरौँ भिडियो

सम्बोधनकै क्रममा उनले ‘नक्कली देशभक्त’ले देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको बताए । नक्कली देशभक्तले बहुमत प्राप्त सरकार ढालेर जोरजामको सरकार बनाउने दाउ रच्दै देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको आरोप समेत लगाए ।

‘हामीले देशलाई अस्थिरतातर्फ जानबाट रोकेका छौँ । जनताले सक्कली देशभक्तलाई समर्थन गर्छ कि नक्कली देशभक्तलाई ?’ उनले नेकपा दाहाल–नेपाल समूहमाथि व्यंग्य गर्दै भने, ‘बहुमत प्राप्त सरकारलाई कामै गर्न नदिने ? अहिले स्थायित्वको कुरा गर्दै हुनुहुन्छ । बहुमत प्राप्त सरकार ढाल्नै पर्ने ?’

सञ्चारमाध्यममाथि गुनासो

सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले  सरकारले गरेको जनपक्षीय कामलाई गुमराहमा राखेर केही सञ्चारमाध्यमले सरकारको कामको खोइरो मात्र खनेको आरोप लगाए ।

‘केही पत्रिकाहरू छन्, सरकारले जति राम्रो काम गरे पनि तिनले प्रशंसा गर्दैनन्’, उनले भने, ‘ती कसका लागि काम गर्छन् मलाई थाहा छ। पत्रकारसहितका केही व्यक्ति र सञ्चारमाध्यमहरू के देशको लागि काम गर्छन् ? उनीहरु देश र जनताप्रति जिम्मेवार छैनन्। अरुकै लागि काम गर्छन्।’

प्रचण्डको अब जाने ठाउँ कतै छैन

प्रधानमन्त्री ओलीले प्रचण्डको अब जाने ठाउँ कतै नभएको समेत बताए ।

‘उहाँ हिजो जंगलमा बस्नु भएको होइन दिल्ली नोयडा बस्नुभयो। जंगलमा अरुलाई बसाउनुभयो। आफूहरु जेलवाला तेलले जुल्फी कोरेर दिल्ली बस्नु भयो,’ ओलीले भने।

अहिलेसम्म एकपटक सूर्य चिन्हमा भोट नहाल्नेले अहिले सूर्य चिन्ह मागेर हिँड्न नसुहाउने समेत ओलीले बताए ।

‘एक पल्ट सूर्य चिन्हमा छाप नलाएका मान्छेहरु मेरो हो चुनाव चिन्ह रे ! कहिलेबाट तपाइँको सूर्य चिन्ह ? पार्टी छाडेपछि मेरो सूर्य चिन्ह,’ ओलीले भने, ‘मैले त भनेको थिएँ नि अब सूर्य चिन्हमा लड्न पाउनुहुन्थ्यो नि। यहीँ बसेको भए कति सानदार सफलता हुन्थ्यो। सही काम गरेको भए पार्टी एक ढिक्का हुन्थ्यो। पार्टीले सानदार जित्थ्यो। अब उहाँहरुले जित्नुहन्छ चुनाव ?’

श्रमिकलाई एकताबद्ध बनाउँछौँ

प्रधानमन्त्री ओलीले नेपालको परिवर्तनमा मजदूर आन्दोलनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले सम्पूर्ण श्रमिकलाई एकताबद्ध बनाएर लैजान आग्रह गरे ।

मजुदूर आन्दोलनलाई विभाजित गर्ने प्रयास भइरहेका तर्फ सचेत हुन आग्रह गर्दै उनले विभाजित व्यक्तिलाई पनि एकताबद्ध बनाएर लैजान सुझाव दिए ।

‘बाटो विराएका मजदूर साथीलाई यस बाटोमा समाहित गर्नुपर्छ”, उनले भने, “नेपालमा एकताबद्ध मजदूर आन्दोलन निर्माण गरिनुपर्छ ।’

करार र दैनिक ज्यालादारीमा रहेका ३० हजार सरकारी कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले अब नेपालमा कोही पनि भोकै नमर्ने र नपर्ने जिकिर गरे ।

बेसहाराको अभिभावकत्व सरकारले लिने बताउँदै उनले बालबालिका तथा ज्येष्ठ नागरिकको प्रबन्ध पनि सरकारले गर्ने बताए ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले सरकारले मजदूरका पक्षमा विभिन्न कदम चालेको बताए । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा जिफन्टका पूर्वअध्यक्ष विष्णुप्रसाद रिमालले पार्टीकै शीर्ष नेताले जहिले पनि सरकारका कामको विरोध गर्दै आएको आरोप लगाए ।

‘उहाँहरुले कहिल्यै सरकारको कामलाई जनतासमक्ष लैजाने काम गर्नुभएन, प्रतिपक्षीभन्दा पनि चर्कोरुपमा सरकारको आलोचना गर्नुभयो’, उनले भने ।

जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले मुलुकमा फेरि पनि श्रमिकपक्षीय सरकार निर्माण गर्न आगामी वैशाखमा हुने निर्वाचनमा सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ६ : ०३ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर