ओशोको बायोपिकमा रवि किशन | Khabarhub Khabarhub

ओशोको बायोपिकमा रवि किशन


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडमा आध्यात्मिक गुरु ओशो रजनीशमाथि फिल्म बन्ने चर्चा चलेको धेरै भयो । ओशोको जीवनीमा फिल्म बनाउन निर्देशक शकुन बत्रा तयारी गरिरहेका थिए । जुन फिल्ममा लगानी गर्न निर्माता करण जोहर उत्साहित थिए ।

फिल्मका लागि शकुन र करणले आमिर खान र आलिया भट्टलाई अभिनय गराउने चर्चा पनि थियो । तर भित्रभित्रै योजना बने पनि आधिकारिक घोषणा नहुँदा यस्तै कथामा भोजपुरी सुपरस्टार रवि किशनले बाजी मारेका छन् ।

आमिर अघि रवि किशन अब वेलजी भाई गाला निर्मित फिल्म ‘सिक्रेट्स अफ लव’मा ओशो रजनीशको भूमिकामा दर्शकमाझ आउदैछन् । ‘विगत ३० वर्षदेखि म ओशोको सन्यासी छु र म उनको कथा आम मानिसमाझ चाँडै पुर्‍याउन चाहन्थेँ, निकै लामो समयसम्मको सोच विचारपछि ओशोको कथालाई फिल्मका रुपमा आम मानिसमाझ पुर्‍याउन सकिन्छ जस्तो लाग्यो’, वेलजीले भनेका छन्, ‘मैले ओशोको कैयौं प्रवचन सुनें । उनले मेडिटेसनका बारेमा धेरै कुरा बताएका छन् ।

ओशोका हरेक कुरालाई मैले भित्री रुपमा बुझेको छु । त्यहीकारण फिल्म बनाउन मलाई कुनै समस्या भएन । मेरो बुझाईमा ओशो यो शताब्दीकै राम्रा मान्छे हुन् । त्यहीकारण यो शताब्दीका मान्छेहरुले उनको बारेमा बुझ्न आवश्यक छ ।’

फिल्ममा ओशोका तीन फरक चरित्रलाई प्रस्तुत गरिएको छ । त्यहीकारण फिल्ममा यी चरित्रका लागि वेलजीले जयेश कपूर, विवेक मिश्रा र रवि किशनले अभिनय गरेका छन् । ‘जब ओशो रजनीश अमेरिका गए, त्यो बेला उनलाई विष खुवाइएको थियो । त्यो भूमिकामा रवि किशन देखिनेछन् । रविलाई अनुबन्ध गर्नुअघि हामीले केही अभिनेताको लुक टेस्ट गरेका थियौं । तर रवि भन्दा उपयुक्र्त कोही देखिएनन् ।’ वेलजीले भनेका छन् ।

निर्माताहरु गत वर्ष नै यो फिल्मलाई रिलिज गर्न चाहन्थे । तर कोभिड महामारी पछिको लडकाउनका कारण उनीहरुले आफ्नो योजनालाई परिवर्तन गरे । अब यो फिल्म यसै वर्षको अप्रिल र मेको बीचमा रिलिज हुनेछ । निर्माताका अनुसार कपिराइटका कारण फिल्ममा ओशोको नाम राखिएको छैन । फिल्मको छायांकन काशी, गुजरात, गोवा, जबलपुर र मुम्बईमा गरिएको छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ४ : ३७ बजे

प्रेम सम्बन्धको विवादले धनुषाको औराहीमा तनाव, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास

धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच बिहीबार दिउँसो

सडक पहुँचसँगै ओलाङ्चुङगोला पुग्न सहज

फुङ्लिङ– ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको

विद्युत् आयात गर्नेबाट निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण उपलब्धि : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पो

मनमोहन ज्येष्ठ नागरिकका सच्चा मित्र र असल नेता : विद्या भण्डारी

काठमाडौं- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री स्वर्गीय

हुम्लाको चंखेलीका तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त