ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टले भन्यो – नेपालमा भ्रष्टाचार झन् बढ्यो | Khabarhub Khabarhub

ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टले भन्यो – नेपालमा भ्रष्टाचार झन् बढ्यो


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा भ्रष्टाचार झन् बढेको पाइएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको रिपोर्टमा नेपालमा भ्रष्टाचार अझ बढेको उल्लेख गरिएको छ ।

भ्रष्टाचारका कारण कोरोना भाइरसको महामारी रोकथामका प्रयास पनि कमजोर बनेको र लोकतन्त्रलाई समेत पछाडि धकेलेको ट्रान्सपरेन्सी इन्टरनेशलनको रिपोर्टमा उल्लेख गरिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० देशका सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणा लिएको थियो । यसका आधारमा तयार पारिएको सूचीमा नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीको ११७ औँ स्थानमा छ ।

गएको वर्ष यस सूचीमा नेपाल ११३ औँ स्थानमा थियो । नेपालमा गरिएको सर्वेक्षणले सरकारको भ्रष्टाचार विरोधी प्रयास पर्याप्त नहुनु, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग हुनु, सार्वजनिक पदाधिकारीमाथि कारबाहीमा कमी हुनु, व्यापार व्यवसायमा घुसखोरी कायम रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनुजस्ता समस्या कायमै रहेको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।

रिपोर्ट हेर्नुहोस

ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचार नियन्त्रण गर्न नियमनकारी निकायहरुको शक्तिकरण, खुला तथा पारदर्शी ठेक्का प्रक्रिया, लोकतन्त्रको रक्षा, नागरिक संस्थाको स्वतन्त्रता, तथ्याङ्क सम्प्रेषण र सूचनामा पहुँचजस्ता सुझावसमेत दिएको छ ।

१८० देशमध्ये डेनमार्क र न्युजिल्याण्ड सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीको पहिलो नम्बरमा छन् भने सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा साउथ सुडान र सोमालिया छन् ।

डेनमार्क र न्युजिल्याण्डले कुल एक सयमा ८८ अङ्क पाएका छन् । सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेका दक्षिण सुडान र सोमालियाले भने १२ अङ्क पाएका छन् ।

दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटान ६८ अङ्क प्राप्त गरी २४ औँ स्थान, माल्दिभ्स ४३ अङ्क प्राप्त गरी ७५ औँ स्थान, भारत ४० अङ्क प्राप्त गरी ८६ औँ स्थान, श्रीलङ्का ३८ अङ्क प्राप्त गरी ९४ औँ स्थान, पाकिस्तान ३१ अङ्क प्राप्त गरी १२४ औँ स्थान, बङ्गलादेश २६ अङ्क प्राप्त गरी १४६ औँ स्थान र अफगानिस्तान १९ अङ्क प्राप्त गरी १६५ औँ स्थानमा रहेका छन् ।

यस्तै, चीन ४२ अङ्क प्राप्त गरी ७८ औँ स्थानमा रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् १९९५ देखि हरेक वर्ष रिपोर्ट सार्वजनिक गर्दै आएको छ भने यसमा नेपाललाई सन् २००४ देखि समावेश गरिएको थियो ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  २ : ५४ बजे

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सडक बालबालिका मुक्त बनाउन मन्त्री चौधरीको निर्देशन

ललितपुर – सडक बालबालिका मुक्त बनाउन महिला, बालबालिका तथा ज्येष्ठ

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवन बन्दै

काठमाडौं– दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयको भवन

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र