काठमाडौँ केन्द्रित आन्दोलनमा दाहाल-नेपाल समूह, माघ २८ को प्रदर्शन अहिलेसम्मकै ठूलो बनाउने | Khabarhub Khabarhub

काठमाडौँ केन्द्रित आन्दोलनमा दाहाल-नेपाल समूह, माघ २८ को प्रदर्शन अहिलेसम्मकै ठूलो बनाउने


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूह संघीय राजधानी काठमाडौँ लक्षित आन्दोलनमा केन्द्रित भएको छ ।

मुलुकभर हुने आन्दोलनभन्दा राजधानीमा हुने प्रदर्शनले शासकको ध्यान तान्ने भएकाले त्यसैतर्फ केन्द्रित भएको दाहाल-नेपाल समूहका नेता हिमाल शर्माले बताए ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समितिको सचिवालय बैठकले माघ २८ गतेको विरोध प्रदर्शनलाई अहिलेसम्मकै विशाल बनाउने निर्णय पनि गरेको शर्माले बताए ।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसमेत सहभागी बैठकले २८ गतेको प्रदर्शनलाई अहिलेसम्मकै ठूलो बनाउन जिल्ला जिल्लाबाट कार्यकर्ता उतार्न मातहतका कमिटीलाई सर्कुलर गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गराएसँगै सत्तापक्षीय नेकपा (ओली समूह) र राप्रपाबाहेक दलहरू आन्दोलनमा छन् । तर संयुक्त सडक संघर्ष नहुँदा आन्दोलनको प्रभावकारिता र जनसभागिता बृहत नभएको ठानिएको छ ।

यसअघिका प्रदर्शनमा ५० हजार हाराहारीको उपस्थितिले मात्रै नपुगेपछि बृहत शक्ति प्रदर्शन गर्न लागिएको शर्मा बताउँछन् ।

‘यसपटकको प्रदर्शन जनताको उपस्थिति र कार्यक्रममा हुने गतिविधिले पनि धक्का दिने गरीकै हुन्छ, कम्तीमा १ लाख मानिस उतार्छौँ,’ शर्माले भने,’ यसअघिको जस्तो शान्त हुन्न केही गतिशिल हुन्छ ।’

सरकारविरूद्ध तेस्रो चरणको आन्दोलन जारी राखेको यो समूले पुस १४ र माघ ९ मा पनि काठमाडौँमा बृहत प्रदर्शन गरिसकेको छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  १२ : १५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०