ओली र प्रचण्डका दुई तस्वीर राख्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकारले भने– फरकचाहिँ यत्ति हो | Khabarhub Khabarhub

ओली र प्रचण्डका दुई तस्वीर राख्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकारले भने– फरकचाहिँ यत्ति हो


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथको पूजा गर्न गएको र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भैंसी पूजा गरेको दुई तस्वीर राखेर सामाजिक सञ्जालमा विवादास्पद टिप्पणी गरेका छन् ।

क्षमापूजाका लागि प्रधानमन्त्री ओली पशुपति पुगेको तस्वीरका विषयमा बेग्लाबेग्लै टिप्पणी भइरहेका बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले दुई तस्वीर राखेर टिप्पणी गरेका छन् ।

उनले लेखेका छन् :

‘पहिलो तस्वीर –
प्रधानमन्त्री एवं पशुपति विकास कोषका संरक्षक केपी शर्मा ओलीले माघ १२ गते बिहान ८:३० बजे श्री पशुपतिनाथ मन्दिरको भ्रमण, निर्माणकार्यको निरीक्षण एवं विशेष पूजा र दीप प्रज्वलन गर्नुभयो ।

सुनको जलारी निर्माणको मन्दिरको योजनामा जम्मा रहेको ६५ करोड बजेटमा सरकारका तर्फबाट ३० करोड उपलब्ध गराउने प्रतिबद्धताको घोषणा गर्नुभयो ।
पहिले पित्तल र तामाको जलारी रहेकोमा अब १४१ किलो सुनको जलारी निर्माणको सुनिश्चितता भएको छ ।

दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँको यस कार्यको सर्वत्र प्रशंसा भएको छ ।

दोस्रो तस्वीर –
पुष्पकमल दाहाल”प्रचण्ड” ले आफ्नो शक्ति बृद्धिका खातिर सायद सुनसरीमा भैंसी पूजा गर्नुभएको थियो !
भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वभाविक मानिंदैन ।
बुझ्ने आआफ्नै स्तर हुन्छ ।
फरकचाहिं यत्ति हो !’

 

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ९ : ३२ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले