तराईमा आज पनि हुस्सु, कस्तो रहला तीन दिनको मौसम ? | Khabarhub Khabarhub

तराईमा आज पनि हुस्सु, कस्तो रहला तीन दिनको मौसम ?


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तराईमा आज पनि बाक्लो हुस्सु लागेको छ ।

दिउँसो अवेरसम्म पनि हुस्सु नखुल्दा त्यस क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै उल्लेख्य प्रणालीको विकास भएको छैन । तराईमा बाहेक अन्यत्रको मौसम सामान्यतया सफा रहेको छ ।

आज बिहानको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम २.२ डिग्री सेल्सियस छ । दिउँसो उपत्यकाको तापक्रम १८ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको पूर्वानुमान छ ।

महाशाखाले जारी गरेको तीनको मौसम पूर्वानुमान वुलेटिनमा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ १५ गते

दिउँसो : प्रदेश- १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ १६ गते

दिउँसो : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश-१ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानहरुमा हल्का हिमापातको सम्भावना रहेको छ।

राति : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानहरुमा हल्का हिमापातको सम्भावना रहेको छ।

माघ १७ गते

दिउँसो : प्रदेश- १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश-१ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ८ : २९ बजे

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती