भारतमा कोरोना निर्देशिकाको म्याद थप | Khabarhub Khabarhub

भारतमा कोरोना निर्देशिकाको म्याद थप


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतमा कोरोनाभाइरस नियन्त्रणका लागि जारी गरिएको निर्देशिका लागू हुने समयावधि फेरी लम्ब्याइएको छ ।

भारतीय केन्द्रीय सरकारले बुधबार निर्देशिका कार्यान्वयनको अवधि कम्तीमा एक महिना लम्ब्याइएको घोषणा गरेको हो ।

हरेक नागरिकले घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनु पर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने, सेनिटाइजरको प्रयोग गर्नु पर्ने वा निरन्तर साबुन पानीले हात धुनु पर्नेलगायतका नियम कडाइका साथ पालना गर्नु पर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।

यसअघि यो निर्देशिका यही जनवरीको अन्त्यसम्मका लागि लागू गर्ने निर्णय भएकोमा अहिले लम्ब्याएर आगामी फेब्रुअरी २८ तारिखसम्म लागू गर्ने निर्णय भएको हो ।

भारतमा पछिल्ला केही महिनादेखि कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या घट्दै गए पनि सरकारले निर्देशिकालाई कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ९ : ५० बजे

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को