प्रदेश २ प्रदेशसभाका ४ वर्ष : चयन भएनन् सार्वजनिक लेखा समिति सभापति | Khabarhub Khabarhub

प्रदेश २ प्रदेशसभाका ४ वर्ष : चयन भएनन् सार्वजनिक लेखा समिति सभापति


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन सकेको छैन ।

प्रदेश सरकारको आर्थिक कारोबारको समेत निगरानी तथा विकास बजेट कार्यान्वयनमा खबरदारी, प्रदेश सरकारको बेरुजु, मन्त्रालयमा हुने अस्वाभाविक बजेट रकमान्तरदेखि महालेखापरीक्षकको प्रतिवेदनमा छलफल हुने लेखा समितिका सभापति नै चयन हुन सकेको छैन ।

प्रदेशसभाका वरिष्ठ सदस्यको हैसियतमा एमाले सांसद लगनलाल चौधरीको अध्यक्षतामा लेखा समितिको बैठक दुईपटक बैठक बसे पनि नीतिगत निर्णय भएन । चौधरीले भने समितिले ज्येष्ठ सदस्य हैसियतले एक/दुई पटक बैठकको अध्यक्षता गरेकै भरमा समितिको सभापतिको सेवासुविधा लिइरहेका छन् ।

प्रदेशसभा सचिवालयका अनुसार चौधरीले अन्य समितिका सभापतिकै हैसियतामा सेवा सुविधा लिइरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद उपेन्द्र महतोले भने,‘सभापति नहुँदा समितिको बैठक नै बस्दैन ।’

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ११ : १५ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको