नब्बेको दशकमा समाजको प्रतिनिधित्व गरेका यी बलिउड फिल्म | Khabarhub Khabarhub

नब्बेको दशकमा समाजको प्रतिनिधित्व गरेका यी बलिउड फिल्म


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्कृष्ट चलचित्र मापनका आधार भिन्न हुन सक्छन् । प्रयोग गरिएका उपकरण, छायाङ्कन सम्पादन, पटकथा, संवाद, गीत तथा अभिनय त चलचित्रको उत्कृष्टता मापनका मुख्य  आधार भइहाले । साथमा चलचित्रले तत्कालीन समाज र जीवनको पनि प्रतिनिधित्व गर्छ ।

एक समय दक्षिण एसियाली चलचित्र सङ्गीतप्रधान तथा राष्ट्रियताको भावना झल्काउने किसिमका हुन्थे । यो क्रम लामो समयसम्म कायम रह्यो ।

नेपालमा पनि समाजमा हुने अन्यायको विरुद्धमा एक युवकले गर्ने विद्रोह नै चलचित्रको मुख्य कथा चलचित्रको मुख्य कथा बनाइन्थ्यो कुनैबेला ।  भारत र नेपालमा अहिले पनि कसैले बलियो र खराब शक्तिको विरुद्धमा विद्रोह गरे त्यसलाई ‘फिल्मको मिथुन’ जस्तो भन्ने चलन छ ।

सन् १९८० को दशकमा मिथुन चक्रवर्तीको ठूलो प्रभाव  भएको समयमा यस्ता ट्रेन्डका फिल्मको प्रचलन नेपालमा पनि भित्रियो । यसको सिको धेरै भएका थिए ।

सन् १९९० को दशकमा भने यो ट्रेन्ड हटेर भारतीय सिने क्षेत्रमा पनि नयाँ ट्रेन्ड शुरु भएको थियो । प्रेम रोमान्स र  राष्ट्रियता सो कालका  मुख्य एजेन्डा बने ।

बलिउडमा बनेको फिल्म ‘दिलवाले दुलहनीया ले जाएगा’ लाई धेरैले  सो समयको उत्कृष्ट चलचित्रको रूपमा व्याख्या गरे । यो फिल्म १८१ मिनेटको थियो ।

बलिउडमा चर्चामा रहेको सो चलचित्रमा शाहरुख खान, काजोल, अमरिस पुरी र परिदा जलालको शीर्ष भूमिका छ । युरोपमा राज र सिमरनको भेट भए पनि त्यहाँ उनीहरूलाई प्रेम भएको महसुस हुँदैन ।

पक्का भइसकेको विवाहको निम्ति भारत आउँदै गरेकी सिमरनलाई यात्रा कै दौरान प्रेमको महसुस हुन्छ । यही कथा वरिपरि छ यो चलचित्र ।

सन् १९९७ मा रिलिज भएको चलचित्र ‘बोर्डर’ भारत–पाकिस्तान सीमा विवादको विषयमा केन्द्रित छ । सन् १९७१ मा एउटा सानो भारतीय फौज ठूलो पाकिस्तानी सेनासँग भिड्ने साहस गर्दै लंगेवालाको सीमा क्षेत्रमा गएको थियो ।

यही विषयमा चलचित्र निर्माण गरिएको थियो । जेपी दत्तको निर्देशन रहेको यो मल्टीस्टारर फिल्ममा सन्नी देवल, सुनिल सेठ्ठी, अक्षय खन्ना र ज्याकी श्राफले अभिनय गरेका थिए ।

यस्तै सन् १९९४ मा रिलिज भएको ‘अन्दाज अपना अपना’ कमेडी, रोमान्स र एक्सन समावेश फिल्म हो । अमिर खान अभिनित उक्त चलचित्र उनकै अभिनयका कारण बढी चर्चित रहेको थियो । राजकुमार सन्तोषीको यो फिल्ममा अमिरका अलावा सलमान खान, रविना टण्डन र करिश्मा कपुरको अभिनय थियो ।

सन् १९९२ मा रिलिज भएको ‘जो जिता उही सिकन्दर’ परम्परागत कथामा आधारित फिल्म थियो ।

एक धनी र एक गरीब युवाले एकै केटी मन पराएपछि प्रेमका लागि भएको प्रतिस्पर्धाको प्लटमा उक्त फिल्म बनेको थियो । १ सय ७४ मिनेटको कमेडी फिल्ममा अमिर खान, आयुशा जुक्ला, दीपक त्रिजोरी र पूजा वेदीको मुख्य देख्न सकिन्छ ।

फरक खालको सोचको फिल्मलाई प्राथमिकता दिने र चुनौतीपूर्ण कथाको चयन गर्ने राजकुमार सन्तोषीको ‘दामिनी’ ९० को दशकको अर्को उत्कृष्ट चलचित्रको रूपमा रहेको थियो ।

सन् १९९३ मा रिलिज भएको यो चलचित्रमा आफ्नै घरमा बलात्कार भएकी युवतीले न्यायका लागि गरेको सङ्घर्षपूर्ण कथालाई समेटिएको छ  । चलचित्रमा उनले एक वकिलको सहयोग पाएकी थिइन् ।

उक्त चलचित्रमा मिनाक्षी सेस्रादीको मुख्य भूमिका रहेको छ  । उनलाई ऋषि कपुर, सन्नी देवल र अमरिस पुरीले साथ दिएका छन् ।

आतङ्ककारीले आफ्नै दाजुलाई मारेर बाबुको जिउमा पनि धेरै चोट लगाएपछि यसको बदला लिनकै लागि ती युवा प्रहरीमा भर्ना हुन्छन् । सन् १९९९ मा यसै कथामा आधारित चलचित्र ‘सरफरोस’ रिलिज भएको थियो ।

जोन म्याथ्यु मथनको निर्देशन बनेको उक्त चलचित्रमा आमिर खान, नसीरुद्धिन शाह, सोनाली बेन्द्रे र मुकेश ऋषिको मुख्य भूमिका रहेको थियो ।

यस्तै एक्सन चलचित्र ‘सडक ’ ९० को दशकमा निर्माण भएको अर्को चर्चित चलचित्र हो । त्यसो त महेश भट्टको हरेक चलचित्र हेर्दा रोमाञ्चित महसुस गराउँछ ।

यो चलचित्रमा एक ट्याक्सी चालकले वेश्यालयमा बेचिए एक महिलाको उद्धारका लागि गरेको सङ्घर्षलाई प्रस्तुत गरिएको छ । एक्सनले भरिएको फिल्ममा सञ्जय दत्त, पूजा भट्ट, दीपक त्रिजोरी र सदाशिव अम्रापुरकारको शीर्ष भूमिका रहेको छ ।

तीन बेरोजगार युवाको जीवनशैलीका बारेमा आधारित ‘हेराफेरी’ कमेडी चलचित्र हो । अपराधको पनि मिश्रण रहेको चलचित्रमा अक्षय कुमार, सुनिल सेट्टी र परेस रावलको अभिनय छ ।

यस दशकको अर्को सफल चलचित्रको रूपमा ‘कभी हा कभी ना’को पनि यस दशकमा अत्यधिक चर्चामा रहेको थियो । साहरुख खानको अभिनय रहेको प्रेम कथामा आधारित उक्त चलचित्रमा सुचीत्रा कृष्णमूर्ति, दीपक त्रिजोरी र रिता भाडुरी पनि समावेश छन् ।

अभिनेता शाहरुख खानको चलचित्र ‘बाजीगर’ ९० को दशकको अर्को एक उत्कृष्ट चलचित्र हो ।

सन् १९९३ मा रिलिज भएको यस चलचित्रले नै शायद भारतीय चलचित्र जगतमा शाहरुख खानका सबैभन्दा धेरै फ्यान बनेका थिए । त्यसो त योभन्दा अगाडि पनि शाहरुख खान र ऋषि कपुर भएको  फिल्म ‘दिवाना’ सफल नभएको होइन  । तथापि बाजीगरले उनी र काजोललाई भारतीय सिने जगतमा भिन्न उचाइ दिएको थियो ।

बच्चामै आफ्नो बाबुको हत्या गरेर सम्पत्ति लिने एक व्यापारीसँग बदला लिन उनकै छोरीहरूसँग प्रेमको नाटक गर्ने युवाको कथामा यो चलचित्र रहेको छ ।

आभास अलीभाइ बर्मावाला र मस्तान अलीभाइ बर्मावालाको निर्देशनमा निर्माण भएको यो चलचित्रमा शाहरुख र काजोलका अलावा दलिप ताहीलको मुख्य भूमिका छ ।

बबी देवल र काजोलको ‘हिडन ट्रुथ ’ सो दशकको अर्को उत्कृष्ट चलचित्रको रूपमा रहेको थियो । राजीव राईको यो एक्सन र सस्पेन्स चलचित्रमा बबी देवल काजोल, मनीषा कोइराला र प्रेम चोपराको भूमिका रहेको छ ।

सञ्जय दत्तको सफल चलचित्र ‘वास्तव’ १९९९ मा रिलिज भएको थियो । यो क्राइम चलचित्र सो दशकको अर्को उत्कृष्ट चलचित्र हो ।

सन् १९९३ मा रिलिज भएको शाहरुख खानको ‘डर’ अर्का सफल चलचित्रको रूपमा रहेको थियो ।  युवाको एकपक्षीय प्रेमको आधारित यस चलचित्रमा जुही चावला, सन्नी देवल र अनुपम खेरको मुख्य भूमिका रहेको छ ।

यसै चलचित्रको ‘जादु तेरी नजर ’सायद सो शताब्दीको लोकप्रिय र सबैभन्दा धेरै बज्ने गरेको चलचित्रको गीत पनि थियो ।

आभास अलीभाइ बर्मावाला र मस्तान अलीभाइ बर्मावालाको निर्देशनमा बनेको अर्को चलचित्र ‘खेलाडी’ पनि सो दशकमा सफल चलचित्रको रूपमा रहेको थियो । यो एक्सन चलचित्रमा अक्षय कुमार, आयशा जुल्का, दीपक त्रिजोरी र सबीहाको मुख्य भूमिका थियो ।

राकेश रासनको निर्देशनमा रहेको ‘कहोना प्यार हे’ले ऋतिक रोशनलाई भारतीय सिने जगतमा स्टारको रूपमा स्थापित गरेको थियो । एउटी युवतीले आफ्नो प्रेमीसँग हत्यारालाई पत्ता लगाउन गरेको सङ्घर्षको कथा यस चलचित्रमा उल्लेख गरिएको छ ।

ऋतिक र अमिसा पटेलको साथमा यस चलचित्रमा दलिप ताहील र अनुपम खेरको महत्त्वपूर्ण भूमिका रहेको छ ।

मनीषा कोइरालाको बेजोड अभिनय रहेको ‘बम्बे’, साङ्गीतिक चलचित्र ‘रङ्गिला’, उत्कृष्ट गीतहरू रहेको ‘साजन’ र शाहरुख खानको बेजोड अभिनय रहेको ‘कुछ कुछ होता हे’को साथै ‘अन्जाम’ यस शताब्दीका सफल चलचित्र थिए ।

९० को दशक भारतीय सिने जगत शाहरुख खानकै सेरोफेरोमा धेरै घुमेको थियो । शुरुवातमा सुनील सेठ्ठी र अक्षय कुमारको प्रभाव रहेको एक्सन फिल्मको दुनियाँलाई पार गरेर साहरुखको अभिनयले सबैको मन छुन सफल भएको थियो ।

भिन्न सटाइललाई स्थापित गराएर बलिउड उद्योगलाई ब्लकब्लस्टर चलचित्र दिएका शाहरुख फिल्मसँगै क्रिकेट बजारमा पनि जोडिए । संसारकै सबैभन्दा उत्कृष्ट फ्रेन्चाइज क्रिकेट लिग आइपीएलमा साहरुख कलकत्ता नाइट राइडर्सको मालिक बने ।

उनले ९० दशकमा भारतीय सिने जगतमा छाडेको प्रभावका कारण उनका फ्यान भारत र नेपालमा अझै पनि उत्तिकै छन् ।

आज बलिउड चलचित्र उद्योग विश्वभर जसरी लोकप्रिय बन्दै गइरहेको छ, त्यसको खम्बा ९० को दशक नै थियो । अहिले पनि बलिउडकर्मी र दर्शकले ती चलचित्रहरू खोजी खोजी हेर्ने गर्छन् । यी चलचित्रले सामाजिक चेतनामा पनि परिवर्तन ल्याएको विश्लेषण गर्ने गरिन्छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ९ : २४ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश