एमाले अधिवेशन : विराटनगरमा थापा चयन | Khabarhub Khabarhub

एमाले अधिवेशन : विराटनगरमा थापा चयन


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा सागर थापा चयन भएका छन् । मंगलबारदेखि जारी अधिवेशनले थापाको नेतृत्वमा ९१ सदस्यीय महानगर कमिटी सर्वसम्मत चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा शिल्पा कार्की, सचिवमा रोहित कोइराला, उपसचिवमा नवराज नेपाल र जय प्रकाश महतो चयन भएका छन् । १०१ सदस्यीय कमिटीमा अधिवेशनले ९१ सदस्यीय कमिटी चयन गरेको छ भने १० जना बैठक बसेर मनोनीत गरिने नवनिर्वाचित अध्यक्ष थापाले बताए ।

महानगरको अधिवेशनमा अध्यक्षका दुई जना आकांक्षी देखिएपछि उद्घाटन सत्र सकेर बन्द सत्र बुधबारसम्मका लागि स्थित गरिएको थियो । नेतृत्वका लागि महानगर कमिटी अध्यक्ष सागर थापा र प्रदेश कमिटी सदस्य परशुराम बस्नेत मैदानमा देखिएका थिए । बस्नेतले सचिवमा कोइरालालाई दिने शर्त राखेपछि नेतृत्व चयन ढिलो भएको थियो ।

सचिवका प्रत्यासी राधेश्याम कट्टेलले चुनावमै जाने बताएपछि जिल्ला कमिटीका नेताहरूले हस्तक्षेप गरेको धिवेशनमा सहभागी एक प्रतिनिधिले बताए ।

एमालेका जिल्ला तहका नेतादेखि प्रदेश तहका नेताहरू चुनावी प्रक्रियामा नगई नेतृत्व टुंग्याउन लागिपरेका थिए ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ९ : ४७ बजे

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्