३४० संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? | Khabarhub Khabarhub

३४० संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४० कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल २५४ कोरोना संक्रमितको आईसीयूमा र ८६ को भेन्टिलेटरमा गरी कुल ३४० जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ४४ जना आईसीयूमा र २३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा २ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा १४० जना आईसीयूमा र ५४ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा २४ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा ३८ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा १ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचारत छन भने सुदूरपश्चिम प्रदेशमा ५ जना आईसीयूमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १० : ०० बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र