पहिरोले बैतडीका ५० वटा खानेपानी आयोजना बगे, दुषित पानी पिउनु पर्दा सरुवा रोगको जोखिम | Khabarhub Khabarhub

पहिरोले बैतडीका ५० वटा खानेपानी आयोजना बगे, दुषित पानी पिउनु पर्दा सरुवा रोगको जोखिम


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– ३१ असोजदेखि २ कात्तिकसम्म भएको बेमौसमी बर्षाका कारण बैतडीका दर्जनौं खानेपानी आयोजनामा क्षति भएको छ । कतिपय खानेपानीका मुहान बाढीले बगाएको छ भने अधिकांश खानेपानीका ट्यांकी, पाइप र च्याम्बरहरुमा क्षति पुगेको छ ।

विभिन्न स्थानमा खसेको पहिरोले ५० भन्दा बढी खानेपानी आयोजनामा क्षति पुर्याएको प्रारम्भिक जानकारी आएकोे खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीले जनाएको छ ।

दशरथचन्द नगरपालिका, सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका र शिवनाथ गाउँपालिकामा अन्य ठाउँको तुलनामा खानेपानी आयोजनामा बढी क्षति भएको प्रारम्भिक तथ्यांक आएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख कृष्णबहादुर बोगटीले बताए ।

उनले भने ‘अहिलेसम्म ५० भन्दा बढी खानेपानी आयोजनामा क्षति पुगेको तथ्यांक आएको छ । योभन्दा बढी क्षति गरेको हुन सक्ने आंकलन गरिएको छ ।’

आयोजनाहरूमा क्षति पुगेपछि जिल्ला सरमुकामसहित विभिन्न स्थानमा खानेपानीको अभाव हुन थालेको छ । दशरथचन्द नगरपालिका–४ शाहीलेकका देवराम लोहारले भने, ‘हाम्रो नजिकका करिब एक दर्जन खानेपानीका आयोजना अवरुद्ध भएको छ । नजिक धारा तथा कुवा केही छैन । अहिले पानी ल्याउन दैनिक दुई घण्टा हिँडेर जानु पर्छ । बोकेर ल्याएको पानी पिउन र खाना पकाउन मात्रै प्रयोग गर्छौं ।’

शौचालयमा प्रयोग गर्ने पानी समेत अभाव भएको उनले बताए । खानेपानीको मुहानमै पहिरो खसेपछि कात्तिक पहिलो सातादेखि सदरमुकाम आसपास पानीको हाहाकार भएको छ ।

जिल्ला सदरमुकाममा आउने खानेपानीको मुहान बनाउन सरोकारवालाका साथै प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी समेतको टोलीले ६ दिनदेखि काम गरेको छ । मंगलबार ट्यांकीसम्म पानी पुर्याउन सके पनि पाइपलाइन बगाएका कारण अझै केही दिन लाग्ने जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए ।

पहिरोका कारण खानेपानी आयोजनाहरूमा क्षति पुर्याएपछि स्थानीयबासी दुषित पानी प्रयोग गर्न बाध्य भएको सिगासका शिक्षक पदम साउदले बताए । ‘खोलाहरूमा धमिलो पानी आइरहेको छ । विकल्प नहुँदा यही पानी खान बाध्य छौँ । खानेपानीका सबै आयोजना छिट्टै र सहजै बन्ने देखिँदैन्,’ साउदले भने ।

सरुवा रोगको उच्च जोखिम

पहिरोका कारण खानेपानी योजनाहरूमा क्षति पुर्याएपछि सरुवा रोग संक्रमणको जोखिम समेत बढेको स्वास्थ्यकर्मीहरू बताउँछन् । दुषित पानीका कारण आउँ, झाडापखाला, टाइफाइड, हैजा जस्ता रोगको जोखिम बढ्दै गएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए ।

उनले भने, ‘दुषित पानीको कारणले पानीजन्य रोगको जोखिम बढ्दै गएको छ । गाउँघरमा पानी शुद्धीकरण गर्ने चलन नभएकाले झन् समस्या हुन सक्छ ।’

पहिरोका कारण खोलानालामा दुषित पानी भएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् । पानी उमालेर प्रयोग गरेमा पानीजन्य रोगको जोखिम कम गर्न सकिने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  २ : २१ बजे

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको

जग्गा बेच्न दिने अध्यादेश : क–कसलाई फाइदा ? (सूचीसहित)

काठमाडौं – सरकारले यही वैशाख १६ र १७ गते गर्न

आजका समाचार : कतारका अमिर स्वदेश फिर्तादेखि सांसद गुरुङको निलम्बन फुकुवासम्म

कतारका अमिर स्वदेश फिर्ता मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट

जलेश्वर– महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा

ललितपुरमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण 

ललितपुर– ललितपुर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण (स्क्रिनिब) सेवा