प्रधानन्यायाधीश राणाले तोकेको इजलास आज पनि अनिश्चित | Khabarhub Khabarhub

प्रधानन्यायाधीश राणाले तोकेको इजलास आज पनि अनिश्चित


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले तोकेको इजलास आज पनि बस्न सकेको छैन ।

प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने माग गर्दै तीन दिनदेखि न्यायाधीशहरूले इजलास बहिस्कार जारी राखेका छन् । यस्तो अवस्थामा प्रधानन्यायाधीश राणाले आज बुधबार पनि ११ इजलास तोकेका थिए।

उनले आज आफ्नै नेतृत्वमा संवैधानिक इजलास पनि तोकेका छन् । संवैधाानिक इजलासमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध गणेश हमालसमेतले दायर गरेको रिट निवेदन राखिएको छ । राणाले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ सम्मिलित इजलास तोकेका हुन्।

प्रधानन्यायाधीश राणाले आफ्नो एकल इजलासमा ५ वटा मुद्दा राखेका छन् । जसमा अदालतको अवहेलना, सम्पत्ति शुद्धिकरण, बन्दी प्रत्यक्षीकरण र कालोबजारीसम्बन्धी मुद्दा रहेका छन् । आफूबाहेक न्यायाधीश टंकबहादुर मोक्तानलाई पनि एकल इजलास तोकिएको छ ।

अन्य न्यायाधीशहरुले इजलास सुरु नगरेर आन्तरिक छलफलमै व्यस्त रहेका बेला प्रधानन्यायाधीश राणाले भने एकल इजलास सुरु गरेका छन्।

यसअघि १४ जना न्यायाधीशले बेन्च बहिष्कार गर्दै प्रधानन्यायाधीशलाई भेटेर मार्ग प्रसस्त गर्न सुझाव दिएका थिए । सर्वोच्चका २० मध्ये १८ न्यायाधीश सशरीर तथा इमेल सन्देशमार्फत प्रधानन्यायाधीशको राजीनामाको पक्षमा उभिएका छन् ।

अर्कोतिर कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले पनि प्रधानन्यायाधीश रहेसम्म मुद्दामा बहस नगर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्‍मा भाग खोजेको, संवैधानिक परिषद्मा भएका नियुक्तिमा भाग खोजेको, आफूविरुद्धको मुद्दाको सुनुवाइ गर्ने इजलासको नेतृत्व आफैले गर्न खोजेको, न्यायालयको स्वच्छता कायम गर्न नसकेकोलगायतका आरोप लगाएर न्यायाधीश र कानुन व्यवसायीले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन भनिरहेका छन् । प्रधानन्यायाधीश राणा भने आफूले राजीनामा नदिने अडान लिँदै आएका छन् ।

 

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १२ : ३८ बजे

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा

इलामको उपचुनाव : पहिचानवादीको अग्निपरीक्षा

सुनसरी- इलाम क्षेत्र नम्बर–२ को सन्दर्भमा सामाजिक सञ्जालमा खुब बहस