अमेरिकी विज्ञहरुको सुझाव : फाइजर खोप पाँच वर्षमाथिकालाई दिन मिल्छ | Khabarhub Khabarhub

अमेरिकी विज्ञहरुको सुझाव : फाइजर खोप पाँच वर्षमाथिकालाई दिन मिल्छ


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी विज्ञहरुले कोभिडबिरुद्धको फाइजर खोप पाँचदेखि ११ वर्षका बालबालिकालाई दिन मिल्ने बताएका छन् । अमेरिकाको खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडीए) का विज्ञहरूको एउटा समूहले पाँच वर्षदेखि माथिका बालबालिकालाई फाईजर खोप दिन मिल्ने बताएको हो ।

विज्ञहरुका अनुसार सो उमेर समूहका बालबालिकालाई वयस्कलाई दिइएको खोपको एक तिहाइ मात्रा दिइनुपर्छ ।

विज्ञहरुले खोपलाई स्वीकृत गरेसँगै २ करोड अमेरिकी बालबालिका यसबाट लाभान्वित हुनेछन् । तर, एफडीए र अमेरिकाको रोग नियन्त्रण तथा उन्मूलन केन्द्रबाट खोप अनुमोदन हुन भने बाँकी छ ।

यसअघि सेप्टेम्बरमा खोप निर्माता कम्पनीले परीक्षणपछि सानो उमेर समूहका बालबालिकालाई पनि खोप दिन सकिने जनाएको थियो ।

अमेरिकामा सो खोप १२ वर्षमाथिकालाई केही महिनाअगाडिदेखि दिन थालिएको छ ।

अमेरिकाले १ लाख भन्दा बढी फाइजर खोप नेपाललाई अनुदानमा दिएको छ । पहिलो चरणमा १२ वर्षमाथिका दीर्धरोगीलाई सो खोप दिइने छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ११ : ०२ बजे

कर्णालीका मुख्यमन्त्री कँडेलले बैशाख १३ गते विश्वासको मत लिने

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बैशाख १३ गते विश्वासको

बँदेलले टोक्दा सातजना घाइते

दैलेख– रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएको

‘कर्णालीमा नेपाली भाषा र साहित्यको पृष्ठभूमि र इतिहास छ’

सुर्खेत – लामो समयदेखि भाषा र साहित्यको अध्ययन गरेका विद्वानहरूले

‘बोक्सीको घर’ : हतारै हतारमा बनेको गीत ‘बुझिनँ मैले’

काठमाडौंं – केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ वैशाख १४ बाट

कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए

काठमाडौं- प्रथम दक्षिण एसियाली कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली