कर्णाली प्रदेश सरकारको सिफारिसमा लोकसेवा सम्बन्धी अध्यादेश जारी | Khabarhub Khabarhub

कर्णाली प्रदेश सरकारको सिफारिसमा लोकसेवा सम्बन्धी अध्यादेश जारी


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले लोकसेवा सम्बन्धी अध्यादेश जारी गरेका छन् ।

प्रदेश प्रमुख कलौनीले नेपालको संविधान, २०७२ को धारा २०२ ९१० बमोजिम मङ्गलबार प्रदेश लोकसेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ लाई जारी गरेका हुन्।

प्रदेशसभाबाट पारित ऐनमा विभिन्न त्रुटि भएको पाइएपछि सरकारले संशोधन ऐन ल्याउने तयारी गरेको थियो । प्रदेशसभा अधिवेशन बोलाउने टुङ्गो नहुँदा प्रदेश सरकारले अध्यादेशमार्फत उक्त ऐन संशोधन गरेको हो ।

प्रदेश लोकसेवा आयोगका पदाधिकारी नियुक्त भएको लामो समय बितिसक्दासमेत ऐन संशोधन नहुँदा कामकाज प्रभावित भएको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्र पठाएको दुई दिनपछि प्रदेश प्रमुख कलौनीले अध्यादेश जारी गरेका हुन् ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ८ : ३० बजे

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन