यी हुन् बैतडीका १० वटै स्थानीय तहमा नवनिर्वाचित कांग्रेस सभापति | Khabarhub Khabarhub

यी हुन् बैतडीका १० वटै स्थानीय तहमा नवनिर्वाचित कांग्रेस सभापति


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बैतडीका १० वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । यहाँका तीन स्थानीय तहमा सर्वसम्मतिबाट नेतृत्व चयन गरिएको हो भने सातमा निर्वाचन भएको जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए ।

दशरथचन्द नगरपालिकामा भएको निर्वाचनबाट नगरसभापतिमा भुवनराज भट्ट निर्वाचित भएका छन् । भट्टले १०४ र प्रतिद्वन्द्वी गजेन्द्रसिंह रावलले ७९ मत पाए । उपसभापतिमा सुरजबहादुर चन्द र हरिराम टमाटा, सचिवमा गणेशसिंह थापा र श्यामबहादुर चन्द सहसचिवमा उत्तमराज जोशी र राजेन्द्रप्रसाद बडू विजयी भएका छन् ।

पुचौडी नगरपालिकाको नगरसभापतिमा गणेशबहादुर गडाल विजयी भएका छन्। गडालले ८४ र प्रतिद्वन्द्वी जनकबहादुर विष्टले ५७ मत पाए । उपसभापतिमा ईश्वरदत्त भट्ट र वीरबहादुर महरा, सचिवमा राजप्रसाद जोशी र रितेशबहादुर बोहरा, सहसचिवमा दिलबहादुर साउद र सरोज बम विजयी भएका छन् ।

पाटन नगरपालिकाको नगरसभापतिमा मानबहादुर ऐर ९७ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्धन्दी जयसिंह विष्टले ६८ मत प्राप्त गरे । उपसभापतिमा रमेश महरा र कृष्णबहादुर कुँवर, सचिवमा लवदेव जोशी र जगदीशसिंह विष्ट, सहसचिवमा कैलाशचन्द र कृष्णा पन्त विजयी भएका छन् ।

मेलौली नगरपालिकाको सभापतिमा प्रमानन्द भट्ट ४९ मत ल्याएर विजयी भएका छन् । निकटतम् प्रतिद्धन्दी नरेस विष्टले ४६ मत पाए भने अर्का प्रत्यासी लोकराज भट्टले ३८ मत प्राप्त गरे । यस्तै उपसभापतिमा भरतसिंह पुजारा र राजबहादुर चन्द, सचिवमा सुरेन्द्रप्रसाद भट्ट र अशोकसिंह विष्ट सहसचिवमा महेशदत्त भट्ट र लक्ष्मण पोखरेल निर्वाचित भएका छन् ।

सिगास गाउँपालिकामा कर्णबहादुर ऐर ७४ मतसहित सभापतिमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी रामबहादुर धामीले ६७ मत पाए । उपसभापतिमा सुमित्रा ऐर र धनबहादुर साउद, सचिवमा टेकबहादुर चन्द र भानसिंह धामी, सहसचिवमा प्रकाश जोशी र गोविन्द अवस्थी विजयी भएका छन् ।

दोगडाकेदार गाउँपालिकाको सभापतिमा नन्दराज भट्ट ५३ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्दी चन्द्रदेव भट्टले ५१ मत प्राप्त गरे । उपसभापतिमा आनसिंह विष्ट र कलकुते कार्की, सचिवमा दानबहादुर विष्ट र कर्कराज जोशी, सहसचिवमा जीतेन्द्र कार्की र सुशीला विष्ट विजयी भए ।

डिलाशैनी गाउँपालिकाको सभापतिमा ५५ मतसहित जयानन्द जोशी (जयराज) निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी कृष्णकुमार धामीले ४७ मत ल्याए । उपसभापतिमा रामनाथ, शङ्कर विष्ट, सचिवमा मदननाथ, शङ्करदत्त पन्त, सहसचिवमा विक्रम कार्की, दिलानाथ विजयी भए । सुर्नया, डिलाशैनी र शिवनाथ गाउँपालिकामा भने सर्वसम्मतिबाट नेतृत्व चयन गरिएको छ ।

सुर्नया गाउँपालिकाको सभापतिमा प्रतापसिंह महरा, उपसभापतिमा करवीरसिंह ऐर र राजेन्द्र लुहार, सचिवमा सुन्दरसिंह विष्ट र उत्तमबहादुर चन्द, सहसचिवमा पदमराज भट्ट र दिनेशबहादुर बोहरा चयन भएका छन् ।

पञ्चेश्वर गाउँपालिकाको सभापतिमा रामबहादुर चन्द,उपसभापतिमा जमनसिंह साउद र धीरानबहादुर चन्द, सचिव गजेन्द्रबहादुर चन्द र टङ्कप्रसाद तिवारी, सहसचिव वीरेन्द्र सिहं भण्डारी र वीरबहादुर चन्दलाई चयन गरिएको छ ।

शिवनाथ गाउँपालिकाको सभापतिमा हीराचन्द, उपसभापतिमा जयसिंह साउद र लालसिंह साउद, सचिवमा केशवदत्त कलौनी, गम्भीरबहादुर चन्द, सहसचिवमा शुक्रसिंह महर, लक्ष्मणदत्त पन्त चयन भए । यहाँका सबै पालिकाका सदस्य भने सर्वसम्मतिबाट चुनिएका जिल्ला निर्वाचन समितिले जनाएको छ । रासस

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  २ : ४४ बजे

काठमाडौंमा कक्षा १२ को परीक्षा केन्द्र स्वचालित विधिबाट तोकियो

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को लागि काठमाडौँ जिल्लाका

गठबन्धनमा गडबड : कांग्रेस भन्छ- नयाँ खबर सुन्न पाइन्छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सत्ता गठबन्धनमा हलचल

साताको अन्तिम नेप्से १९.५६ अंकले घट्यो

काठमाडौं– साताको अन्तिम दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) दोहोरो अंकले

विश्व सम्पदा दिवसको अवसरमा ‘हेरिटेज वाक’ (तस्बिरहरु)

काठमाडौं–  आज विश्व सम्पदा दिवसको अवसरमा  ‘हेरिटेज वाक’ कार्यक्रम भएको छ। 

अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग

झापा– मेची उद्योग वाणिज्य संघले भारतबाट आयातित अखाद्य तथा गुणस्तरहीन