बुद्ध एयरका एक यात्रुको बयान : जीवन यति रैछ भनेर घरमा एसएमएस पठाएँ | Khabarhub Khabarhub

बुद्ध एयरका एक यात्रुको बयान : जीवन यति रैछ भनेर घरमा एसएमएस पठाएँ


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सोमबार बिहान सवा ८ बजे बुद्ध एयरको विमान ७३ जना यात्रु लिएर विराटनगरका लागि उड्यो । करिब एक घण्टा उडान समय रहेको विमान विराटनगरको आकाशमा निर्धारित समयमा पुग्यो पनि । जब पायलटले अवतरण गर्नअुघि ल्याण्डिङ गेयर झार्न खोजे, ल्याण्डिङ गेयर झरेन । समस्या देखियो । विमानले ७–८ पटक विराटनगरको आकाशमाथि फन्को मारिरह्यो । क्याप्टेन एजी शेर्पाले ल्याण्डिङ गेयर झार्ने प्रयास गरिरहे । तर, कुनै सिप चलेन ।

यो सबै हुँदा विमानमा रहेका यात्रुहरुलाई कुनै सूचना दिइएको थिएन । तर विमान ल्याण्ड नगरेपछि यात्रुले प्रश्न सोधेको सोही विमानमा रहेका एक यात्रु प्रताव लिम्बुले बताएका छन् । उनका अनुसार विराटनगरमा अवतरण गर्न नसकेपछि विमान काठमाडौँ डाइभर्ट गर्न लागेको सूचना भने यात्रुहरुलाई दिइयो ।

विमान डाइभर्टको सूचना सुनाइएपछि यात्रुहरुमा रुवाबासी चलेको लिम्बुले बताए । उनले आफ्नो मनमा उब्जिएको त्रासदीपूर्ण भावना व्यक्त गर्दै भने, ‘विराटनगरमा त्यति डर लागेको थिएन । क्याप्टेनले ६–७ पटक प्रयास गर्नु भयो । नसकेपछि काठमाडौँ डाइभर्ट गर्नुभयो । तर, जब काठमाडौँको आकाशमा पनि ८–९ पटक फन्को मार्‍यो अनि मन चिसो भयो ।’ उनका अनुसार काठमाडौँको आकाशमा आइसकेपछि यात्रुहरु रुन थालिसकेका थिए । कसैले झ्याल खोलिदिन आग्रह गरिरहेका थिए ।

यात्रुहरुमा रुवाबासी चलेपछि एयरहोस्टेजहरु उनीहरुलाई सम्झाउने प्रयासमा लागेका थिए । तर, उनीहरुको आँखा पनि आँशु देखिएको लिम्बुलृे बताए । उनले भने, ‘उहाँहरु (एयरहोस्टेज) ले सकेसम्म बचाउँछौँ भन्नुहन्थ्यो । इन्धन सक्ने प्रयास भएको र इन्धन सकिएपछि ल्याण्ड गर्ने बताउनु हुन्थ्यो । उनीहरुको आँखा पनि आँशु थियो ।’

काठमाडौँको आकाशमाथि विमानलले फन्को मार्दा आफूले झ्यालबाट विमानस्थलमा सुरक्षाकर्मी तयारी अवस्थामा रहेको देखेको लिम्बुले बताए । त्यसपछि भने निकै डर लागेको र जीवन नै सकिएको जस्तो लागेको उनले बताए । यसपछि भने आफूले घरमा ‘बाँचे भेटौँला’ भन्दै मोबाइलबाट एसएमएस पठाएको बताए ।

विमान भित्रको यो त्रासदीपूर्ण वातावरणका बीच काठमाडौँको आकाशमा १० फन्को मारिसकेपछि विमानको ल्याण्डिङ गेयर झर्‍यो । विमान सहजरुपमा अवतरण भयो । बुद्ध एयरले सार्वजनिक गरेको भिडियोमा विमान अवतरण गर्दा विमानस्थलमा उद्धारका लागि तयारी अवस्थामा रहेका सुरक्षाकर्मीले ताली बजाएर खुशी साटेको देखिन्छ । यात्रुहरुले भने पुनर्जीवन पाएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  २ : ०५ बजे

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती

बारम्बार तिर्खा लाग्नु स्वास्थ्य समस्या हुन सक्छ !

काठमाडौँ– अहिले गर्मी मौसम सुरु भएको छ । गर्मीमा पसिना