चितवनका सात स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व | Khabarhub Khabarhub

चितवनका सात स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कांग्रेस– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत चितवनका ७ स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । असोज ९ र १० गते सम्पन्न पालिका अधिवेशनले अधिकांश नयाँ अनुहारलाई स्थानीय तहको नेतृत्वमा जिम्मेवारी दिएको छ ।

आइतबार राति सम्पन्न भरतपुर महानगरपालिकाको अधिवेशनले चित्रसेन अधिकारीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी भरत अधिकारीलाई १०३ मतले पराजित गरे । चित्रसेनले ६४९ मत ल्याउँदा भरतले ५४६ मत ल्याए ।

यस्तै महानगरको उपसभापतिमा बुद्धिकान्त न्यौपाने र विजय घले विजयी भएका छन् । उनीहरुले क्रमशः ६६१ र ५५६ मत ल्याई विजयी भएका हुन् । सचिवमा कृष्ण बगाले र प्रनिसा गुरुङ विजयी भएका छन् । उनीहरुले क्रमशः ४५६ र ५६४ मत ल्याए ।

सहसचिवमा उपेन्द्र पण्डित र कल्पना खड्का पौडेल विजयी भएका छन् । उनीहरुले क्रमशः ५१३ र ४२० मत ल्याएर विजयी बने । रत्ननगर नगरपालिकाको कांग्रेस सभापतिमा प्रह्लाद सापकोटा विजयी बनेका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी रुपनराज घिमिरेलाई ७८ मत अन्तरले पराजित गरे । सापकोटाले २४६ मत ल्याउँदा घिमिरेले १६७ मत प्राप्त गरे । उपसभापति अपिल अधिकारी र कमला अधिकारी, सचिवमा अनिता अधिकारी र तीर्थराज सुवेदी, सहसचिवमा अमृत मल्ल र रामचन्द्र पौडेल विजयी भएका छन् ।

पूर्वी चितवनको कालिका नगरपालिकामा दिपेश्वर केसी विजयी भएका छन् । केसीले आफ्ना निकटतम् प्रतिस्पर्धी लीलाबहादुर गुरुङलाई १० मत अन्तरले पराजित गरेका हुन् । उनले ११२ मत ल्याउँदा प्रतिस्पर्धी लीलाबहादुर गुरुङले १०२ मत प्राप्त गरे ।

यस्तै उपसभापतिमा चेतबहादुर गुरुङ र जेएन महतो विजयी भएका छन् । सचिवमा राजन रेग्मी र फडिन्द्र लामिछाने, सहसचिवमा योजना न्यौपाने अधिकारी र विश्वास अर्याल विजयी भएका छन्। राप्ती नगरपालिकामा भएको निर्वाचनमा देवेन्द्र लामा विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धीलाई ४० मत अन्तरले पराजित गरेका हुन् । लामाले १२७ मत ल्याउँदा उनका प्रतिस्पर्धी नारायण उप्रेतीले ८७ मत ल्याएका छन् । राप्तीको उपसभापतिमा अनिता खरेल र कृष्णप्रसाद पाण्डे विजयी भएका छन् । सचिवमा राजकुमार सिलवाल र लक्ष्मी कँडेल विजयी भएका छन् । सहसचिवमा मनोज तामाङ र तारामाया प्रजा विजयी भएका छन् ।

खैरहनी नगरसभापतिमा गुणराज श्रेष्ठ विजयी भएका छन् ।

माडी नगरपालिकामा पुनःकोमलनाथ भुसालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनमा भुसालले आफ्ना निकटतम प्रतिस्पर्धी खेम महतोलाई तीन मत अन्तरले पराजित गरेका हुन् । माडीको उपसभापतिमा गणेश पौडेल र मायाराम अधिकारी, सचिवमा अपिल अधिकारी र लोकनाथ लामिछाने, सहसचिवमा इन्द्र चापागाईं र दिक्षा भट्टराई विजयी भएका छन् ।

जिल्लाको एकमात्रै गाउँपालिका इच्छाकामनाको सभापतिमा कृतिकुमार श्रेष्ठ विजयी भएका छन् । प्रतिद्वन्द्वी विष्णुकुमार कुँवरलाई चार मतान्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।

उपसभापतिमा देवलाल गुरुङ र दिपक खनाल, सचिवमा तुलबहादुर गुरुङ र हिरा गुरुङ, सहसचिवमा उत्तमकुमार गुरुङ र सुधीर अधिकारी निर्वाचत भएका छन् । रासस

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  १२ : ५५ बजे

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संवैधानिक काम गरे : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले गण्डकी र सुदूर पश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर