काबुल विमानस्थलमा विमान पर्खिरहेका ४२ जना नेपाली सुरक्षित | Khabarhub Khabarhub

काबुल विमानस्थलमा विमान पर्खिरहेका ४२ जना नेपाली सुरक्षित


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानबाट उद्धार गरेर नेपाल फर्काउन तयारी अवस्थामा राखिएका नेपालीहरु सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुल विमानस्थल नजिकैको सुरिक्षत स्थानमा ४२ जना नेपालीलाई राखिएको छ । ती सबै नेपालीहरु सकुशल रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्लासलले जानकारी दिइन् ।

विहीबार काबुल विमानस्थल नजिकै दुई वटा बम विस्फोट हुँदा १३ जना अमेरिकी सैनिकसहित कम्तिमा ९० जनाको मृत्यु भएको थियो । सो आत्मघाति आक्रमणमा कम्तिमा १५० जना घाइते भएका छन् । विहीबारको आक्रमणपछि उद्धार कार्यमा कठिनाइ भइरहेको छ । ती ४२ जना नेपालीहरु काबुलबाट बाहिर जान विमान कुरेर बसिरहेका छन् ।

तर, उनीहरुको उडानबारे कुनै टुंगो भने लागेको छैन । परराष्ट्रकी प्रवक्ता लम्सालले उनीहरुको उद्धारका लागि सबै पक्षसँग समन्वय भइरहेको बताइन् । तर उनीहरु कहिले काबुलबाट बाहिर निकालिन्छन् भन्ने विषयमा भने यकिन नभएको बताइ्न् । उनले नेपालीहरुको सुरक्षा र उद्धार अहिलेको सबैभन्दा मुख्य चासोको विषय भएको बताइन् ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ७ : २२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०