सानेपामा अनशन बसेका कांग्रेस नेताले तोडे अनशन, ६ बुँदे सहमति | Khabarhub Khabarhub

सानेपामा अनशन बसेका कांग्रेस नेताले तोडे अनशन, ६ बुँदे सहमति


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्रियाशील सदस्यता विवादको विषय लिएर पार्टी केन्द्रीय कार्यालयमा अनशन बसेका कांग्रेस नेता तथा कार्यकर्ताहरूले अनशन तोडेका छन् ।

क्रियाशील सदस्यता विवादलाई लिएर १० दिनदेखि अनशनमा बसेका धनुषा, रौतहट, बारालगायतका जिल्लाका कांग्रेस नेता, कार्यकर्ता अनशन बसेका थिए ।

सानेपामा आमरण अनशन बसेका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवसहित धनुषा, रौतहट, बारालगायतका नेता, कार्यकर्तासँग मंगलबार ६ बुँदे सहमति भएको छ ।

उनीहरुको माग सम्बोधन गर्ने सहमतिमा पार्टीको तर्फबाट नेता डा. रामशरण महत र सहमहामन्त्री डा. प्रकाशशरण महतले हस्ताक्षर गरेका छन् । आफूहरुमाथि न्याय हुने अपेक्षाका साथ आमरण अनशन तोडेको केन्द्रीय सदस्य यादवले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ८ : १५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०