वाग्मती प्रदेशसभाबाट पारित विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणित | Khabarhub Khabarhub

वाग्मती प्रदेशसभाबाट पारित विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणित


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा-वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम वाग्मती प्रदेशसभाबाट पारित विधेयक प्रमाणीत गरेका छन् ।

उनले प्रमाणीकरण गरेको ‘प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’ रहेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

वाग्मती प्रदेशसभा सचिवालयबाट प्रमाणीत भई आएको सो विधेयकलाई प्रदेश प्रमुख प्रसाईंले संवैधानिक प्रक्रिया पूरा गरी आजै प्रमाणीकरण गरेको र सोको जानकारी वाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाइएको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ९ : १५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन