वेस्ट इन्डिजविरूद्धको सिरिज अष्ट्रेलियालाई | Khabarhub Khabarhub

वेस्ट इन्डिजविरूद्धको सिरिज अष्ट्रेलियालाई


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाहुना टोली अष्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ ।

सोमबार बिहान भएको तेस्रो तथा अन्तिम खेलमा वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले सिरिज २-१ ले जितेको हो ।

वेस्ट इन्डिजले दिएको १ सय ५३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले मात्र ३० ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

अष्ट्रेलियाको जितमा म्याथ्यु वेडले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान एलेक्स केरीले ३५ रन जोड्दा मिचेल मार्शले २९ रन जोडे । एस्टन अगर १९ रनमा अविजित रहे ।

वेस्ट इन्डिजका शेल्ड्रोन कोट्रेल, अकिल हुसेन र हेडेन वेल्सले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४५ ओभर १ बलमा अलआउट हुँदै १ सय ५२ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि डरेन ब्राभोले १८ रन जोड्दा अल्जारी जोसेपले १५ रन बनाए  । शाइ होपले १४ र कप्तान केइरन पोलार्डले ११ रन जोडे ।

वेस्ट इन्डिजलाई सस्तैमा मिचेल स्टार्कले ३ विकेट लिए भने जोस हाजलउड, एस्टन अगर र एडम जाम्पाले २/२ विकेट लिए ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १० : ५५ बजे

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो