भिसाको म्याद सकिएर मलेसियामा सयौँ नेपाली अलपत्र | Khabarhub Khabarhub

भिसाको म्याद सकिएर मलेसियामा सयौँ नेपाली अलपत्र


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- भिसाको म्याद सकिएर मलेसियामा सयौँ नेपाली कामदार अलपत्र परेका छन् ।

म्याद सकिएसँगै घर फर्कनका लागि आवश्यक पर्ने चेक आउट मेमो प्राप्त गर्न नसक्दा उनीहरु अलपत्र परेको स्थानीय सञ्चारमाध्यम फ्रि मलेसिया टुडेले जनाएको छ ।

कोरोना महामारीपछि लगाइएको प्रतिबन्धका कारण अध्यागमन कार्यालयहरू बन्द भएकाले उनीहरुले चेक आउट मेमो प्राप्त गर्न सकेका छैनन् ।

अलपत्र नेपालीहरु साथीभाइको शरणमा बसेको मलेसियास्थित नेपाली दूतावासका द्वितीय सचिव प्रतीक कार्कीले जानकारी दिए ।

पछिल्लो समय मलेसिया सरकारले गैरकानूनी रुपमा बसेका नेपालीलगायत आप्रवासी कामदारहरुको बिरूद्ध कारबाही प्रकिया तीव्र पारेको छ ।

दूतावासले अध्यागमन अधिकारीहरूसँग कामदार वा रोजगारदाताहरूले एक्जिट मेमो लिनका लागि कम्तीमा एउटा काउन्टर खोल्न आग्रह गरिरहेको कार्कीले जानकारी दिए ।

 

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ११ : २५ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय