टिप्परले किचेर सहचालको मृत्यु | Khabarhub Khabarhub

टिप्परले किचेर सहचालको मृत्यु


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- धनुषामा टिपरले किचेर सहचालकको मृत्यु भएको छ । शनिबार राति सबैला नगरपालिका- १०  लवटोलीमा टिप्परले किचेर सहचालकको मृत्यु भएको हो ।

उदयपुरको कटारी नगरपालिका २ बस्ने २८ वर्षीय बिष्णु भनिने बुद्ध लामाको शव आफैले चलाउने स १ ख ९०९ नम्बरको टिप्परले किचिएको अवस्थामा भेटिएको धनुषाका प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

मृतकको टाउकोमा टिप्परले किचेको छ । परिवारले चालक बुद्धको हत्या भएको दावी गरेको छ । टिप्पर ब्याक गरेर किचिएको जस्तो देखिएकाले भाइको हत्या भएको मृतकका दाई हरि लामाले बताए ।

घटनाको सत्यतथ्य बाहिर नआएसम्म शव उठाउन नदिने परिवारजनले अडान लिएका छन् ।

 

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ९ : २५ बजे

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको