फाइजरको खोप चाडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास | Khabarhub Khabarhub

फाइजरको खोप चाडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फाइजरको कोरोनाभाइरसविरुद्धको खोप चाँडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास गरिएको छ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बालबालिकासमेतलाई फाइजरको खोप लगाउन पाइने विश्वास व्यक्त गरेका हुन् ।

खोप निर्माण गरेको अमेरिकी औषधि कम्पनीले भारतलाई खोप उपलब्ध गराउने बताए लगत्तै मुख्यमन्त्री केजरीवालको यो अभिव्यक्ति आएको हो ।

अमेरिकी अधिकारीले सो खोप १२ वर्ष वा सोभन्दा माथिका सबैले लगाउन सक्ने र २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा एक महिनासम्म भण्डारण गर्न सक्ने पनि जानकारी दिएका छन् ।

“यो खोप बालबालिकालाई अति उत्तम हुने हामीले विश्वास लिएका छौँ, मुख्यमन्त्री केजरीवालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

कोरोनाभाइरसको तेस्रो चरणको महामारी सुरू हुनु अगाडि नै बालबालिकाहरुलाई खोप लगाइ सक्नेगरी व्यवस्था गर्नेतर्फ सक्रियता देखाउन उनले केन्द्रीय सरकारलाई पनि आग्रह गरेका छन् । आगामी महिनादेखि नै बालबालिकामा कोरोनाभाइरसको बढी असर देखिन सक्ने उनले बताएका छन् ।

महामारीका कारण कक्षा १२ को बोर्ड परीक्षासमेत धेरै ढिला भइसकेको उल्लेख गर्दै उनले ती विद्यार्थी र शिक्षकहरूलाई पनि प्राथमिकताका साथ खोपको व्यवस्था गर्न केन्द्रीय सरकारलाई सुझाव दिए । फाइजरले आगामी जुलाइदेखि डिसेम्बर सम्ममा पाँच करोड मात्रा खोप भारतलाई उपलब्ध गराउने जनाएको छ । (रासस/पीटीआई)

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ९ : ४० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६