कृष्ण सेन 'इच्छुक' स्मृति दिवस : जीवनसंगिनीले स्मरण गरिन् ‘बन्दी र चन्द्रगिरी’ | Khabarhub Khabarhub

कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस : जीवनसंगिनीले स्मरण गरिन् ‘बन्दी र चन्द्रगिरी’


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माओवादी सम्बद्ध पत्रकार तथा कलाकारहरुले पत्रकार कृष्ण सेन इच्छुकको १९ औं स्मृति दिवस मनाएका छन् ।

इच्छुकको स्मृति दिवसको अवसरमा क्रान्तिकारी पत्रकार महासंघ र अखिल नेपाल जनसांस्कृतिक महासंघको आयोजनामा आज भएको भर्चुअल अन्तरक्रिया कार्यक्रममा सेनकी जीवनसंगिनी तक्मा केसीले सेनको ‘बन्दी र चन्द्रागिरी’ कविताको स्मरण गरिन् । उनले हिजो क्रान्तिमा समाहित भएका नेताहरुले नै सेनको बलिदानी बिर्सिएको गुनासो गरिन् ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्य ताराकान्त पाण्डेले कृष्ण सेन कवि मात्र नभई लडाकुसमेत भएको उल्लेख गरे । सेनको कवितामा परिवर्तनका श्वरहरु गुञ्जिने गरेको पाण्डेले बताए ।

जनसांस्कृतिक महासंघका उपाध्यक्ष प्रा.डा. जगदिशचन्द्र भण्डारीले सेनलाई कम्युनिस्ट सांस्कृतिक आन्दोलनको महानायकका रुपमा अर्थ्याए ।

मार्क्सवादी सांकृतिक मोर्चाका संयोजक महेश्वर पौडेल इश्मालीले कृष्ण सेन इच्छुकका मार्क्सवादी चिन्तनकाबारेमा ब्याख्या गरे ।

क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले सेनको दाङदेखि शुरु गरेको पत्रकारिताको इतिहासको चर्चा गरे ।

कार्यक्रममा प्राध्यापक परशुराम कोइराला, अम्बिका मुडभरी, सुशीला आचार्य, मधुकर थापा, अनु निरौला, रवि पाण्डेय लगायत एक दर्जन बढी श्रष्टाहरुले प्रगतिवादी सिर्जना प्रस्तुत गरेका थिए ।

जनसांस्कृतिक महासंघका महासचिव हिरामणी दुखीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्रान्तिकारी पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष नारायण पंगेनीले गरेका थिए ।

वि.सं. २०१३ सालमा भारतको देहरादुनमा जन्मिएका सेनलाई २०६९ जेठ ६ गते काठमाडौंबाट गिरफ्तार गरी महेन्द्र पुलिस क्लवको हिरासतभित्रै मृत्यु भएको थियो । जेठ १३ गतेलाई सेन स्मृति दिवसका रुपमा मनाउने गरिएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ६ : ३३ बजे

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले