राष्ट्रपतिसमक्ष राष्ट्रियसभा उपनिर्वाचन परिणामको प्रतिवेदन पेश | Khabarhub Khabarhub

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा उपनिर्वाचन परिणामको प्रतिवेदन पेश


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रियसभा उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन पेश भएको जानकारी दिएका हुन् ।

सहप्रवक्ता घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ,  ‘धारा ८६ को उपधारा (२) को खण्ड (क) तथा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ३ को उपदफा १(घ) बमोजिमको रिक्त पदमा सोही ऐनको दफा (३) को उपदफा (२) को व्यवस्था अनुसार सम्पन्न भएको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम निर्वाचन आयोगबाट पेश भयो ।’

यही जेठ ६ गते भएको उपनिर्वाचन (बागमती प्रदेशमा) डा.खिमलाल देवकोटा विजयी भएका थिए ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ६ : १४ बजे

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल