सरकारलाई कोरोना बाहना सत्ता सुरक्षाको कवच बन्यो : शेरबहादुर देउवा | Khabarhub Khabarhub

सरकारलाई कोरोना बाहना सत्ता सुरक्षाको कवच बन्यो : शेरबहादुर देउवा


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणलाई सरकारले सत्ता सुरक्षाको कवच मात्रै बनाएको आरोप लगाएका छन् ।

सभापति देउवाले विज्ञप्ती जारी गर्दै कोरोना संक्रमणको नियन्त्रणमा सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा निषेधाज्ञा कडाइका नाममा अनावश्यक रुपमा आतंकित बनाएको समेत बताएका छन् । उनले सरकारको अकर्मण्यताका कारण कोरोना संक्रमण बढेको भएपनि नियन्त्रणका लागि सरकारले काम नगरेको आरोप लगाएका छन् ।

सभापति देउवाले सत्ता जोगाउन मात्रै प्रयोग गरेको भन्दै भनेका छन्,‘ निषेधाज्ञा कडाइका नाममा जनतामा हाहाकार र असुरक्षा बढाउने काम हुँदैछ । कोभिड—१९ संक्रमणलाई सरकार सत्ता सुरक्षाको कवच र जनअधिकार कुण्ठित गर्ने हतियारको रुपमा प्रयोग गर्दैछ ।’

कांग्रेसले सरकारलाई ज्ञापन पत्र बुझाएको भएपनि सरकारले कुनै सम्बोधन नगरेको सभापति देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । निषेधाज्ञापछि नागरिक समस्यामा परेको भएपनि सरकारले कुनै ख्याल नगरेको उनको आरोप छ ।

अहिलेको सरकार संविधानको मूल मर्म र भावनाविपरित सत्तामा रहेको र अदालतमा रिटसमेत दायर भएको अवस्थामा दूरगामी निर्णय नगर्न समेत सभापति देउवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसिन छ । संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णयहरु लिदैछ । सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै पनि दूरगामी प्रकृतिका निर्णयहरु नलिन र कार्यान्वयन नगर्न म सरकारलाई खबरदारी गर्दछु ।’ सभापति देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कोरोनाविरुद्धको खोपको तत्काल आपूर्ति, देशभर आवश्यकता अनुसार आईसीयु बेड, अक्सिजनको व्यवस्था र निम्न आय भएकाहरुलाई निःशुल्क उपचारको सुनिश्चितता गर्न समेत सभापति देउवाले माग गरेका छन् ।

 

या

 

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ५ : ५९ बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको