स्थायी शान्तिको पर्खाइमा मध्यपूर्व | Khabarhub Khabarhub

स्थायी शान्तिको पर्खाइमा मध्यपूर्व


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायलको गाजा क्षेत्र केही दिनयता शान्त छ । मानिसको ज्यान जाने क्रम रोकिएको छ । जति शान्त देखिए पनि मानिसहरू घरबाट बाहिर निस्कनेबित्तिकै मारिने हो कि भन्ने डरमा छन् । डराउँदै कोही व्यक्ति मुश्किलले छिमेकीको घरसम्म पुग्न थालेका छन् ।

अहिले मान्छेलाई ढलमा केही लुकेको छ कि भनेर हेर्नु छैन । बाटोमा थुपारिएका फोहोरका डङ्गुरहरू सफा पारिएका छन् । बुलडोजरहरूले अतिरिक्त काम पाएका छन्, सफा गर्ने र पुरानो एम्बुसको सम्भावना टार्ने ।

गाजाका एक प्रत्यक्षदर्शी इजरायलको एउटा टनेलमा लक्षित गरेको आक्रमणबाट नौ जनाको ज्यान गएको बीभत्स दृश्य अझै सम्झन्छन् । इजरायलका राजनीतिज्ञ र कमान्डरले हमासको ठूलो क्षति भएको ठहर गर्दै गर्व गर्न थालेको छ । सतहमा जनुसुकै समय जो पनि इजरायलीबाट मारिन सक्ने ठानेर गाजा क्षेत्रका बासिन्दा जमिनमुनि नै लुकेका छन् ।

एघार दिनको अवधिमा धेरैको ज्यान गएको दृश्य पीडादायी छ । खेल मैदानमा हमासको झन्डा ओढाउँदै हजारौँको उपस्थितिमा अन्तिम संस्कारका काम भए । सार्वजनिक स्थान र खेल मैदानहरू समेत चिहान घर झैँ बनाइएका छन् ।

धेरैको ज्यान गए पनि इजरायली सेना र हमास दुवै पक्षले आआफ्नो जित भएको ठहर गरेका छन् । इजरायली सेनाले भत्किएका घरका साथै मारिएका हमासका नेता तथा कमान्डरको संख्या गनेर जितको आकडा निकालिरहेको छ ।

एघार दिनको युद्धबाट थाकेका बेन्जामिन नेतन्याहु अझै पनि आफू र आफ्नो मातहतको भूमिको रक्षाका लागि युद्ध गर्न तयार नै छन् । नेतन्याहुको लागि युद्धले संकट निम्त्यायो कि अवसर भन्ने यकिन भएको छैन ।

आफ्नो प्रमुखको ज्यान बाँच्नुलाई हमासले जित मानेको छ । यो सन्तुष्टिको बाबजुद राजनीतिक प्राप्ति के भयो भन्ने विषयमा हमास समूह समीक्षा पनि गर्दैछ । गाजा भन्दा ९६ किलोमिटर पर जेरुसेलमको एक मस्जिदमा हमासले मन्त्र पढ्ने गरेको छ । जेरुसेलममा आफ्नो हक स्थापित गर्न धेरै क्षति सहन तयार भएको र युद्ध चाहेको सन्देश हमासले प्यालेस्टाइनलाई पठाइसकेको छ । राजधानी जेरुसेलमलाई सुरक्षित राख्ने बारेमा इजरायलको अर्को योजना छ, प्यालेस्टाइनको योजना अर्कै छ ।

सन् १९९० मा अन्तर्राष्ट्रिय समुदायबाटै छुट्टै राज्यको मान्यता पाएको प्यालेस्टाइनका लागि पनि अहिले चिन्ताको समय बनेको छ । प्यालेस्टानी राष्ट्रपति मोहम्मद अब्बास पिएलओ र प्यालस्टाइनी अधिकारीका साझा नेता मात्र होइनन्, हक हितका लागि आवाज उठाउने आधिकारिक व्यक्ति पनि हुन् । अबको समय कस्तो हुन्छ, युद्ध विराम कायम रहन्छ कि रँदैन र विगतमा पाएको भूमि गुम्ने त होइन भन्ने चिन्ता छ ।

अहिले प्यालेस्टाइनी जनता पनि राष्ट्रपतिसँग असन्तुष्ट छन् । सन् २००६ यता निर्वाचन भएको छैन । मेमा निर्धारित निर्वाचन स्थगन भयो । अब्बासले हार्ने सम्भावना देखेकै कारण स्थगन भएको धेरैको अनुमान छ ।

हमास समूह अहिले इजरायल र प्यालेस्टाइन दुवैमा युद्ध चाहन्छ । अन्तर्राष्ट्रिय समझदारी भङ्ग गर्दै भिन्न राज्य र जमिनको माग उनीहरूको छ ।

एघार दिनको युद्धबाट थाकेका बेन्जामिन नेतन्याहु अझै पनि आफू र आफ्नो मातहतको भूमिको रक्षाका लागि युद्ध गर्न तयार नै छन् । नेतन्याहुको लागि युद्धले संकट निम्त्यायो कि अवसर भन्ने यकिन भएको छैन । उनका पूर्ववर्ती एहद ओलमार्ट जस्तै उनी पनि भ्रष्टाचारको आरोपको जेल जान सक्ने सम्भावना प्रबल थियो ।

उनका लागि खराब समयमा १० मेमा जेरुसेलममा मिसाइल प्रहार भएपछि उनी भ्रष्टाचारको आरोप मत्थर भएको छ । दुई वर्षमा अस्वाभाविक रूपमा चार पटक निर्वाचन भए पनि नेतन्याहु पदमा यथावतै छन् । संसद्मा बहुमतका लागि आवश्यक पर्ने ६१ मत प्राप्त गर्न नसकेका कारण उनी पदमुक्त हुने अवस्था आएको थियो ।

प्रतिपक्षी नेता याइर लेपिड संसदमा बहुमत सहित आफू सत्तासीन हुने योजनामा थिए । घटनाक्रम लेपिडको अनुकूल हुँदै गर्दा युद्धले उनी प्रतिपक्षमै छन् । संसद्को समीकरण यथावत रहने र उनी सत्तासीन हुने सम्भावना कायमै छ । अस्थिरता रहिरहे इजरायलमा समयको छोटो अन्तरालको पाँचौँ निर्वाचन हुनेछ ।

इजरायलमा रहेका २० प्रतिशत अरबी र बहुसंख्यक यहुदी बीचको मनमुटाव वर्षौंदेखि कायम छ । यो मनमुटाव कम गर्ने चुनौती इजरायलका लागि छदै छ । यहुदी राष्ट्रवादको पक्षमा नेतन्याहुको वक्तव्य अहिले इजरायलका लागि थप समस्या बनेको छन् ।

इजरायलमा अहिले युद्ध विराम भएको हो, शान्तिसम्झौता भएको होइन । कुनै पनि दिन रकेट छेडिन सक्छ । अहिले पनि इजरायल र गाजा क्षेत्रमा थुप्रै संकट छ ।

त्यसो त जेरुसेलममा युद्ध शुरू भएको सन् १९४७ मै नै हो । यहुदी र अल्पसंख्यक अरबी समुदायका बीच शुरू भएको युद्ध नै पछि इजरायली सेना र जोर्डनका सेनाको युद्धमा परिणत भएको थियो । असी वर्षको यो अवधिमा मध्यपूर्वमा थुप्रै समस्या देखिए । शान्ति र युद्ध विरामका विभिन्न प्रयास पनि भए । परन्तु स्थायी शान्ति हुन सकेन ।

यस पटक गाजा क्षेत्रमा भएको यो दयनीय र मानवीय संवेदना समेत बेवास्ता गरेर भएको युद्धमा अन्तर्राष्ट्रिय क्षेत्रको गम्भीर चासो छ । युद्धमा २५० जनाको ज्यान गयो ।

यो युद्ध रोक्न इजिप्टको विशेष चासो थियो । संयुक्त राष्ट्र संघको पनि त्यत्तिकै चासो छ । राष्ट्र संघका सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लिन्केन यसै साता गाजा क्षेत्रमा पुगेका छन् ।

अहिले इजिप्ट, कतार, अमेरिका र राष्ट्र संघको चासोमा समेत यो युद्ध विराम भएको हो । राष्ट्र संघ मध्यस्थता गर्नेलाई नै युद्ध अन्त्यको जिम्मेवारी दिने जनाएको छ ।

इजिप्टका अधिकारीहरू पछिल्लो तथ्यांक र युद्धको क्रममा भएका क्षतिको विवरण समेत जम्मा गर्न लागेका भए पनि यो प्रयास सफल भएको छैन । इजिप्टको मध्यस्थतामा दुई पक्षको वार्ता गराउने राष्ट्र संघको योजना छ ।

अमेरिका निकट स्रोतका अनुसार ब्लिनकेनले यसै साता जोर्डन र इजिप्टका अधिकारीहरूसँग पनि भेट गर्नेछन् । यो भेटपछि हमासको नेतृत्वसँग भेट्ने राष्ट्र संघको योजना छ । यहाँका नेतृत्व युद्धकै चाहनामा भए पनि दुवैतिर आम मानिस साधारण जीवनमा फर्किने आशमा छन् ।

मध्यपूर्वमा युद्ध शुरू भएको एक शताब्दी हुन लागेको छ । सधैँका लागि युद्ध अन्त्य गर्ने चाहना संसारका शक्तिराष्ट्र र राष्ट्र संघको छ । गाजा क्षेत्रका सर्वसाधारण यस पटकको शान्ति प्रयासप्रति आशावादी छन् ।

अमेरिकाको चासो विगतको भन्दा यसपटक बढी देखिएको छ । विगतमा कुनै पक्षमा रहने गरेको अमेरिका यस पटक भने कुनै पनि हालतमा शान्ति हुनु पर्छ भन्ने एक सूत्रीय अभियानमा छ ।

अमेरिकी राष्ट्रपति जो वाइडेन भन्छन्, ‘युद्ध हाम्रो चाहना होइन । तर युद्धले हामीलाई चाहेको छ । हामीले मध्यपूर्वको शान्ति प्रक्रियामा चासो नदिन पाउँछौँ तर त्यहाँको शान्ति प्रक्रियाले पनि हामीलाई खोजिरहेको छ ।’

सन् १९७३ मा भएको युद्ध र यसपछिको शान्ति प्रक्रिया देख्नेहरू फेरि त्यो दिन फर्कने कल्पना पनि गर्दैनन् । अमेरिकी नीति त पछिल्लो समय कसरी फेरिएको छ भने गत वर्ष पनि डोनाल्ड ट्रम्पकै प्रयासमा संयुक्त अरब इमिरेट्स, बहराइन, मोरक्को र सुडानको सम्बन्ध इजरायलसँग सुमधुर भएको थियो ।

अमेरिकाको यो प्रयासपछि मध्यपूर्वमा सधैँ शान्ति कायम रहने अपेक्षा थियो । इजरायलसँग अन्य अरबी देशहरूको सम्बन्ध सुमधुर बन्दै गएको थियो । कतिसम्म भने प्यालेस्टाइनी नेतृत्व नै इजरायलसँग युद्ध चाहँदैन थियो । प्यालेस्टाइनी नेतृत्वले के पनि बुझिसकेको थियो भने जब मध्यपूर्वमा अशान्ति हुन्छ तब यहाँ शान्ति स्थापना गर्ने बहानामा अन्य देशको उपस्थिति हुन्छ ।

यस पटक जेरुसेलममा भएको हमलाले इजरायललाई बेसरी झस्काइदियो । मध्यपूर्वका देशहरूसँग पुरानो कटुता बिर्सेर सामान्य जीवनतर्फ गइरहेको इजरायलमा हमासले प्रहार गरेको रकेट सहजै निर्माण गर्न सकिने खालका थिए ।

ठूला शक्तिका लागि पनि आवश्यक समयमा युद्ध गर्ने सक्ने सामग्री जोहो गर्न सक्ने इजरायल यस्ता सामान्य हतियारको सामना गर्न तयार थियो तर हमासको यो आक्रमण अनुमानभन्दा फरक थियो । हमासले अन्डरग्राउन्ड कारखानामा बनाएको हतियार कम्ती शक्तिशाली थिएन ।

विगतमा प्यालेस्टाइनी सेनाले दक्षिण लेबनानबाट प्रहार गर्ने हतियारकै झझल्को दिने आक्रमण हमासको थियो । सीमामा प्यालेस्टानी विद्रोहीको चिन्ता त इजरायललाई छँदै थियो । साथै अरबी र यहुदीको मिश्रित बसोबास भएका ठाउँमा हिंसा भड्किने सक्ने सम्भावनाले इजरायल अझ चिन्ताग्रस्त थियो । सन् १९४८ पछि इजरायलले पहिलो पटक बहु पक्षीय हमलाको सामना गरेको थियो ।

यसको असर युरोपमा पनि परेको छ । युरोपमा अध्ययन गरिरहेका यहुदीहरूले आफूलाई असुरक्षित महसुस गर्ने गरेका छन्, कतै आफूमाथि आक्रमण त हुने होइन !

मध्यपूर्वमा यो अवस्था भएको एक शताब्दी हुन लागेको छ । सधैँका लागि युद्ध अन्त्य गर्ने चाहना संसारका शक्ति राष्ट्र र राष्ट्र संघको पनि छ । गाजा क्षेत्रमा रहेका सर्वसाधारण पनि यस साता हुने वार्ता र शान्ति प्रयासले आफू सुरक्षित हुँदै सामान्य जीवनमा फर्कने आशमा छन् ।

– विभिन्न एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ९ : १० बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा