चीनद्वारा नेपाललाई ५० लाख युआन बराबरको स्वास्थ सामग्री सहयोगको घोषणा | Khabarhub Khabarhub

चीनद्वारा नेपाललाई ५० लाख युआन बराबरको स्वास्थ सामग्री सहयोगको घोषणा


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले नेपाललाई  ५० लाख युआन बराबरको स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने घोषणा गरेको छ ।

अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका विदेशमन्त्री सम्मिलित सम्मेलनमा चीनले नेपाललाई सो रकम बराबरको स्वास्थ्य सामग्री सहयोगको घोषणा गरेको हो ।

सम्मेलनमा नेपालकोतर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी थिए । उनले सम्मेलनलाई सम्बोधन गर्दै कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताए ।

उनले कोभिड–१९ ले थलिएको अर्थतन्त्रलाई गति दिन तथा आर्थिक पुनःरुत्थानका निम्ति पनि क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोगको मात्रा वृद्धि आवश्यक भएको बताए ।

सम्मेलनका क्रममा चीनको राज्यपरिषद् सदस्य तथा विदेशमन्त्री वाङ यीले कोरोनाविरुद्धको नेपालको राष्ट्रिय लडाइँमा चिनियाँ युआन ५० लाख बराबरका चिकित्सा उपकरण र सामग्री अतिरिक्त अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा सहभागी मन्त्रीले कोभिड–१९ को महामारीविरुद्ध लड्न, रोजगारी र जनताको जीवन जोगाउन तथा अर्थतन्त्रलाई पुनर्जीवन दिन व्यावहारिक सहयोगलाई सबल बनाउन सहमति जनाएको पनि मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ८ : २४ बजे

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

गोदार– जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ

सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र

राँझा– बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

पौडी खेल्दा डुबेर एक जनाको मृत्यु

दैलेख– दैलेखमा पौडी खेल्दा डुबेर एक जनाको मृत्यु भएको छ

सुदूरपश्चिममा समाजवादीकै नेतृत्वमा सरकार बन्छ : राजेन्द्र पाण्डे 

काठमाडौं– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न दिएको